कोभिड-१९ बाट बेलायतमा थप एक नेपालीको मृत्यु

काठमाडौं। बेलायतमा कोभिड-१९ बाट हिजो थप एक नेपालीको मृत्यु भएको छ।

गत सातादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएका नारायण कोन्मे गुरूङको मृत्यु भएको हो।

केही दिनदेखि उनी आईसीयूमा उपचाररत् रहेको गोर्खा प्यालेस रेष्टुरेन्टका सञ्‍चालक सूर्य गुरुङले दिएका छन्।

पर्वत चारभञ्याङमा जन्मिएका गुरुङ कक्षा ८ पढ्दै गर्दा गोर्खा सैनिकमा भर्ती भएका थिए।

बीचैमा जागिर छाडेर उनी नेपाल फर्किएका थिए। नेपाल फर्किएर पुन: पढाई थालेका स्‍नातकोत्तर पूरा गरी केही वर्ष शिक्षकका रूपमा काम गरेका थिए।

गुरुङका श्रीमती, एक छोरी र दुई छोरासहित गुरुङ बेलायतको ननिटनमा बस्छन्। गुरुङ आफू भने अल्टरसटमा बस्दै आएका थिए।

हालसम्म बेलायतमा कोरोना भाइरस संक्रमणबाट ३५ नेपालीको मृत्यु भइसकेको छ। रासस

प्रतिक्रिया दिनुहोस्