भ्रामक सूचनाको पछि लागेर नेपाल नजान दिल्लीस्थित दूतावासको आग्रह
<p>काठमाडौं। नयाँदिल्लीस्थित नेपाली दूतावासले सीमा नाका बन्द रहेकाले कसैको भ्रामक सूचनाको पछि लागेर नेपाल जाने प्रयास नगर्न त्यहाँ रहेका नेपालीलाई आग्रह गरेको छ।</p>
<p>दूतावासले अपिल जारी गर्दै आधिकारिक सूचनामा मात्रै विश्‍वास गर्न सबैमा अनुरोध गरेको छ। विश्‍वभर महामारीको रूपमा फैलिरहेको कोभिड-१९ को संक्रमणबाट जोगिन नेपालमा लकडाउन कायमै रहेकाले जो जहाँ बसिरहेका छन् त्यही‌ बस्‍न आग्रह गरेको छ। </p>
<p>भारतमा रहँदा नेपालीहरूले हाल भोग्‍नु परेका समस्याहरूसँग दूतावास जानकार रहेको बताउँदै समाधानका लागि दूतावासबाट प्रयास भइरहेको जनाइएको छ। दूतावासले कुनै समस्या भए सम्पर्क गर्न पनि आग्रह गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्