संघीय संसद्का नवनियुक्त महासचिव गौतमले लिए शपथ

काठमाडौं। संघीय संसद्का नवनियुक्त महासचिव डा. भरतराज गौतमले पद तथा गोपनियताको शपथ लिएका छन्।

सिंहदरबारमा एक समारोहका बीच सभामुख अग्‍निप्रसाद सापकोटाले गौतमलाई शपथ गराएका हुन्।

शपथ ग्रहण समारोहमा राष्‍ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, संसदीय दलका नेता, सचेतक, विभिन्‍न संसदीय समितिका सभापतिलगायतको उपस्थिति थियो।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई हिजो नियुक्त गरेकी थिइन्।

पूर्वमहासचिव मनोहरप्रसाद भट्टराईको पदावधि सकिएपछि प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले कार्यवाहकको जिम्मेवारी सम्हालेका थिए।

प्रतिक्रिया दिनुहोस्