गरीब र असहायलाई खाना खुवाउँदै धुर्मुस-सुन्तली फाउण्डेशन (भिडिओसहित)

काठमाडौं। लकडाउनमा न्यून आय भएकाहरूको राहत तथा उद्धारमा जुटेको धुर्मुस-सुन्तली फाउन्डेशनले आजदेखि खाना खुवाउन शुरू गरेको छ।

प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थासँगको सहकार्यमा फाउण्डेशनले दैनिक एक सयभन्दा बढीलाई नि:शुल्क खाना खुवाउन थालेको हो।

सहकारीमा आवद्ध ललितपुरका गरीब, असहाय, मजदूरहरूलाई लकडाउन अवधिभर खाना खुवाइने फाउण्डेशनले जनाएको छ।

सहकारीका अध्यक्ष माधव तिमल्सिनाका अनुसार सिताराम कट्टेलको प्रस्तावमा नि:शुल्क भोजनको योजना ल्याइएको हो।

ललितपुरका सबै वडामा पुगेर घर, टोलमै पुगेर खानाको व्यवस्थापन गरिने तिमल्सिनाले बताए।

खाना पकाउने, घर-टोलमा पुर्‍याउने लगायतको काममा धुर्मुस, सुन्तली, सहकारीसमेतका ३० कर्मचारी परिचालन भएका छन्।

बिहान १० देखि १२ बजेसम्म र बेलुका ५ देखि साढे ७ बजेसम्म कुञ्‍जना घिमिरे आफैं भोजन वितरणको काममा खटिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्