काठमाडौं। आफ्नै पार्टीका नेतामाथि हातपात गरेको आरोपमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ, नेपालका जाजरकोट संयोजकलाई निलम्बन गरिएको छ।

नेकपा कर्णाली प्रदेश कमिटी सदस्य एवं भेरी नगरपालिका जाजरकोटका मेयर चन्द्रप्रकाश घर्तीमाथि हातपात गरेको आरोपमा युवा संघका जिल्ला संयोजक दीपेन्द्र शाहीलाई निलम्बन गरिएको हो।

संघका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले विज्ञप्ति जारी गर्दै शाहीलाई अन्तरिम विधानअनुसार संगठनका सबै जिम्मेवारीबाट निलम्बन गरिएको जनाएका छन्। संघले कार्यवहाक संयोजकको जिम्मेवारी सहसंयोजक भीम जीसीलाई दिएको छ।

कर्णाली प्रदेश जेष्ठ कम्युनिस्ट मञ्चका सदस्य दिवंगत मधु चन्दको दाहसंस्कारमा सहभागी हुन पुगेका बेला मेयर घर्तीमाथि १३ वैशाखमा भेरी नगरपालिका–१० फेराघाटमा कुटपिट भएको थियो। कुटपिटबाट मेयर घर्तीको नाक र हातमा चोट लागेको थियो। मेयर घर्तीले शाही नेतृत्वको समूहले आफूमाथि हातपात गरेको बताएका  थिए।

उता,  संयोजक शाहीले भने सामान्य विवाद भएको तर, आफूले हातपात नगरेको विज्ञप्तिमार्फत् बताएका थिए। मेयर घर्तीले विभिन्न व्यक्तिका नाममा ‘डोजर आतंक’ मच्चाएको आरोप लगाउँदै शाहीले मलामी गएका बेला केही युवाले यस विषयमा कुरा गर्दा हातपातको स्थिति आएको उल्लेख गरेका थिए।

संयोजक शाहीले ‘ठेक्कापट्टा’को काम समेत गर्दै आएका थिए। उनी भेरी नगरपालिका-७ का वासिन्दा हुन्।

यसैबीच, घटनाको छानविन गर्न युवा संघले एक समिति बनाएको छ।

१५ दिनभित्र प्रतिवेदन बुझाउने गरी गठन गरिएको समितिमा संघका केन्द्रीय सदस्यहरू मनोज विक, विश्वविक्रम शाह, राजन थापा, भीम रोकाय र कार्यवहाक जिल्ला संयोजक जीसी छन्।

" /> काठमाडौं। आफ्नै पार्टीका नेतामाथि हातपात गरेको आरोपमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ, नेपालका जाजरकोट संयोजकलाई निलम्बन गरिएको छ।

नेकपा कर्णाली प्रदेश कमिटी सदस्य एवं भेरी नगरपालिका जाजरकोटका मेयर चन्द्रप्रकाश घर्तीमाथि हातपात गरेको आरोपमा युवा संघका जिल्ला संयोजक दीपेन्द्र शाहीलाई निलम्बन गरिएको हो।

संघका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले विज्ञप्ति जारी गर्दै शाहीलाई अन्तरिम विधानअनुसार संगठनका सबै जिम्मेवारीबाट निलम्बन गरिएको जनाएका छन्। संघले कार्यवहाक संयोजकको जिम्मेवारी सहसंयोजक भीम जीसीलाई दिएको छ।

कर्णाली प्रदेश जेष्ठ कम्युनिस्ट मञ्चका सदस्य दिवंगत मधु चन्दको दाहसंस्कारमा सहभागी हुन पुगेका बेला मेयर घर्तीमाथि १३ वैशाखमा भेरी नगरपालिका–१० फेराघाटमा कुटपिट भएको थियो। कुटपिटबाट मेयर घर्तीको नाक र हातमा चोट लागेको थियो। मेयर घर्तीले शाही नेतृत्वको समूहले आफूमाथि हातपात गरेको बताएका  थिए।

उता,  संयोजक शाहीले भने सामान्य विवाद भएको तर, आफूले हातपात नगरेको विज्ञप्तिमार्फत् बताएका थिए। मेयर घर्तीले विभिन्न व्यक्तिका नाममा ‘डोजर आतंक’ मच्चाएको आरोप लगाउँदै शाहीले मलामी गएका बेला केही युवाले यस विषयमा कुरा गर्दा हातपातको स्थिति आएको उल्लेख गरेका थिए।

संयोजक शाहीले ‘ठेक्कापट्टा’को काम समेत गर्दै आएका थिए। उनी भेरी नगरपालिका-७ का वासिन्दा हुन्।

यसैबीच, घटनाको छानविन गर्न युवा संघले एक समिति बनाएको छ।

१५ दिनभित्र प्रतिवेदन बुझाउने गरी गठन गरिएको समितिमा संघका केन्द्रीय सदस्यहरू मनोज विक, विश्वविक्रम शाह, राजन थापा, भीम रोकाय र कार्यवहाक जिल्ला संयोजक जीसी छन्।

"> आफ्नै नेतामाथि हातपात गरेको आरोपमा युवा संघका जाजरकोट संयोजक निलम्बित: Dekhapadhi
आफ्नै नेतामाथि हातपात गरेको आरोपमा युवा संघका जाजरकोट संयोजक निलम्बित
काठमाडौं। आफ्नै पार्टीका नेतामाथि हातपात गरेको आरोपमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ, नेपालका जाजरकोट संयोजकलाई निलम्बन गरिएको छ।

नेकपा कर्णाली प्रदेश कमिटी सदस्य एवं भेरी नगरपालिका जाजरकोटका मेयर चन्द्रप्रकाश घर्तीमाथि हातपात गरेको आरोपमा युवा संघका जिल्ला संयोजक दीपेन्द्र शाहीलाई निलम्बन गरिएको हो।

संघका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले विज्ञप्ति जारी गर्दै शाहीलाई अन्तरिम विधानअनुसार संगठनका सबै जिम्मेवारीबाट निलम्बन गरिएको जनाएका छन्। संघले कार्यवहाक संयोजकको जिम्मेवारी सहसंयोजक भीम जीसीलाई दिएको छ।

कर्णाली प्रदेश जेष्ठ कम्युनिस्ट मञ्चका सदस्य दिवंगत मधु चन्दको दाहसंस्कारमा सहभागी हुन पुगेका बेला मेयर घर्तीमाथि १३ वैशाखमा भेरी नगरपालिका–१० फेराघाटमा कुटपिट भएको थियो। कुटपिटबाट मेयर घर्तीको नाक र हातमा चोट लागेको थियो। मेयर घर्तीले शाही नेतृत्वको समूहले आफूमाथि हातपात गरेको बताएका  थिए।

उता,  संयोजक शाहीले भने सामान्य विवाद भएको तर, आफूले हातपात नगरेको विज्ञप्तिमार्फत् बताएका थिए। मेयर घर्तीले विभिन्न व्यक्तिका नाममा ‘डोजर आतंक’ मच्चाएको आरोप लगाउँदै शाहीले मलामी गएका बेला केही युवाले यस विषयमा कुरा गर्दा हातपातको स्थिति आएको उल्लेख गरेका थिए।

संयोजक शाहीले ‘ठेक्कापट्टा’को काम समेत गर्दै आएका थिए। उनी भेरी नगरपालिका-७ का वासिन्दा हुन्।

यसैबीच, घटनाको छानविन गर्न युवा संघले एक समिति बनाएको छ।

१५ दिनभित्र प्रतिवेदन बुझाउने गरी गठन गरिएको समितिमा संघका केन्द्रीय सदस्यहरू मनोज विक, विश्वविक्रम शाह, राजन थापा, भीम रोकाय र कार्यवहाक जिल्ला संयोजक जीसी छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्