गुणस्तरीय सेवा दिन ७ वटै प्रदेशमा कार्यसम्पादन सम्झौता गर्दै विद्युत प्राधिकरण
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले ७ वटा प्रादेशिक, दुई प्रदेश डिभिजन कार्यालय र त्यसअन्तर्गत प्रत्येक वितरण केन्द्र प्रमुखसँग विद्युत चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई कार्यसम्पादन सम्झौताको काम शुरु गरेकाे छ।
प्राधिकरणले हिजो प्रदेश १ को प्रादेशिक कार्यालय विराटनगरअन्तर्गतका २४ वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रादेशिक कार्यालयका प्रमुख श्रीरामराज पाण्डेले कार्यसम्पादन सम्झौता गरे।

त्यस्तै वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरिराज न्यौपानेसँग वितरण केन्द्र प्रमुखहरूले सम्झौता गरेका छन्।

कार्यसम्पादन सम्झौतामा विद्युत चुहावट नियन्त्रणलाई प्राथमिकतामा राखेर यसको अंकभार ५० राखिएको छ । कार्यसम्पादनमा राखिएका सूचकको मूल्यांकन गरी शाखा प्रमुखलाई पुरस्कार र दण्ड दिने व्यवस्था गरिएको छ।

प्राधिकरणले आर्थिक वर्ष २०७६/०७७ मा वितरणतर्फको विद्युत चुहावट ८ दशमलब ५० प्रतिशतमा झार्ने लक्ष्य राखेको छ। प्रादेशिक कार्यालय विराटनगरअन्तर्गत वितरण केन्द्रहरूलाई ११ दशमलब ८४ प्रतिशत रहेको विद्युत चुहावटलाई ८ दशमलब ८७ प्रतिशतमा झार्न लक्ष्य दिइएको छ ।

कार्यकारी निर्देशक घिसिङले ग्राहकहरुसँगको आचरणमा परिवर्तन गरी संस्थागत सुशासन कायम गर्न, वित्तीय अनुशासनमा रहन र जनतासँगको सम्बन्ध सुधारलाई कठोरता साथ लागू गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।

उनले कार्यालयमा मौज्दात रहेका विद्युतको पोल, तार, ट्रान्सफर्मरलगायतका उपकरणको अधिकतम प्रयोग गर्न जोड दिएका छन्। “आफ्नो कार्यालयलाई आवश्यक पर्नेभन्दा बढी सामान खरीद गर्ने केन्द्र प्रमुख, लेखा तथा स्टोर प्रमुखलाई समेत कारवाहीको दायरामा ल्याइने छ”, उनले भने ।

कार्यकारी निर्देशक घिसिङले ऊर्जा मन्त्रालयसँग यसअघि नै कार्यसम्पादन सम्झौता गरिसकेका छन् । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्