प्रधानमन्त्री ओलीसँग नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता खनालको पालैपालो भेटवार्ता
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनालले छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।

त्यसपछि दिउँसो नेकपा वरिष्ठ नेता खनालले बालुवाटारमै प्रधानमन्त्रीसँग भेटवार्ता गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

अध्यक्षद्वयबीच २५ वैशाखमा बस्ने स्थायी कमिटी बैठक लैजाने प्रस्तावका विषयमा छलफल भएको बुझिएको छ।

२० वैशाखका बसेको नेकपा सचिवालय बैठकले २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो।

स्थायी कमिटीमा लैजाने प्रस्ताव तयार पार्ने जिम्मेवारी अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेलले दिइएको छ। प्रस्तावका विषयमा अध्यक्षद्वबीच परामर्श हुँदै आएको छ।

यसैबीच, वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीसँग पार्टीको आन्तरिक घटनाक्रमबारे छलफल गरेको एक नेताले बताए।

दुई नेताबीच स्थायी कमिटी र भोलि बस्ने सचिवालय बैठकका विषमया पनि कुराकानी भइएको बताइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्