काठमाडौं। एशियाली खेलकुद प्रतियाेगिताको तेक्वान्दोमा रजत पदक जितेकी सविता राजभण्डारीले महामारीका बेला समस्यामा परेका मजदुरलगायत विपन्न परिवारलाई खाद्यान्न सहयाेग गरेकी छन्। उनले काठमाडौं महानगरपालिका-११ का २०० विपन्न परिवारलाई राहत सहयाेग गरेकी हुन्।
सविताका तर्फबाट राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले समस्यामा रहेका वर्गको पहिचान गर्दै सम्बन्धितलाई वितरण गर्ने गरी वडाध्यक्ष हीरालाल तण्डुकारलाई राहत सामग्री हस्तान्तरण गरेका हुन्।
सो अवसरमा वडा सदस्यसमेत रहेका चारपटकका स्‍नुकरका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीलगायतकाे पनि उपस्थिति थियो। हस्तान्तरण गरिएका खाद्य सामग्रीमा चामल, चिउरा, आलु, प्याज, नुन, तेल र साबुन छन्।
सविताले १९९८ मा थाइल्यान्डको बैंककमा भएको एशियाली खेलकुदमा रजत जितेकी थिइन्। एशियाली खेलकुदमा कुनै पनि नेपाली खेलाडीले व्यक्तिगत स्पर्धामा जितेको यो एक मात्र रजत पदक पनि हो। टीम स्पर्धामा भने नेपालले प्याराग्लाइडिङमा रजत जितेको छ।
२०१८ मा इन्डोनेसियामा भएको एशियाली खेलकुदमा नेपालले पुरुष टीम क्रस कन्ट्रीमा रजत जितेको थियो।
सविताका पति किशोरले पनि १९९८ कै बैंकक एशियाडको तेक्वान्दोमा कांस्य जितेका थिए। उनीहरू अमेरिकाको सियाटलमा बस्छन्।
२०७२ सालको विनाशकारी भूकम्पबाट पीडितहरूलाई पनि उनीहरूले आर्थिक सहयोग गरेका थिए।
" /> काठमाडौं। एशियाली खेलकुद प्रतियाेगिताको तेक्वान्दोमा रजत पदक जितेकी सविता राजभण्डारीले महामारीका बेला समस्यामा परेका मजदुरलगायत विपन्न परिवारलाई खाद्यान्न सहयाेग गरेकी छन्। उनले काठमाडौं महानगरपालिका-११ का २०० विपन्न परिवारलाई राहत सहयाेग गरेकी हुन्।
सविताका तर्फबाट राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले समस्यामा रहेका वर्गको पहिचान गर्दै सम्बन्धितलाई वितरण गर्ने गरी वडाध्यक्ष हीरालाल तण्डुकारलाई राहत सामग्री हस्तान्तरण गरेका हुन्।
सो अवसरमा वडा सदस्यसमेत रहेका चारपटकका स्‍नुकरका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीलगायतकाे पनि उपस्थिति थियो। हस्तान्तरण गरिएका खाद्य सामग्रीमा चामल, चिउरा, आलु, प्याज, नुन, तेल र साबुन छन्।
सविताले १९९८ मा थाइल्यान्डको बैंककमा भएको एशियाली खेलकुदमा रजत जितेकी थिइन्। एशियाली खेलकुदमा कुनै पनि नेपाली खेलाडीले व्यक्तिगत स्पर्धामा जितेको यो एक मात्र रजत पदक पनि हो। टीम स्पर्धामा भने नेपालले प्याराग्लाइडिङमा रजत जितेको छ।
२०१८ मा इन्डोनेसियामा भएको एशियाली खेलकुदमा नेपालले पुरुष टीम क्रस कन्ट्रीमा रजत जितेको थियो।
सविताका पति किशोरले पनि १९९८ कै बैंकक एशियाडको तेक्वान्दोमा कांस्य जितेका थिए। उनीहरू अमेरिकाको सियाटलमा बस्छन्।
२०७२ सालको विनाशकारी भूकम्पबाट पीडितहरूलाई पनि उनीहरूले आर्थिक सहयोग गरेका थिए।
"> कीर्तिमानी पदक विजेता सविताद्वारा विपन्‍न परिवारलाई खाद्यान्‍न सहयाेग: Dekhapadhi
कीर्तिमानी पदक विजेता सविताद्वारा विपन्‍न परिवारलाई खाद्यान्‍न सहयाेग
काठमाडौं। एशियाली खेलकुद प्रतियाेगिताको तेक्वान्दोमा रजत पदक जितेकी सविता राजभण्डारीले महामारीका बेला समस्यामा परेका मजदुरलगायत विपन्न परिवारलाई खाद्यान्न सहयाेग गरेकी छन्। उनले काठमाडौं महानगरपालिका-११ का २०० विपन्न परिवारलाई राहत सहयाेग गरेकी हुन्।
सविताका तर्फबाट राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले समस्यामा रहेका वर्गको पहिचान गर्दै सम्बन्धितलाई वितरण गर्ने गरी वडाध्यक्ष हीरालाल तण्डुकारलाई राहत सामग्री हस्तान्तरण गरेका हुन्।
सविताले १९९८ मा थाइल्यान्डको बैंककमा भएको एशियाली खेलकुदमा रजत जितेकी थिइन्। एशियाली खेलकुदमा कुनै पनि नेपाली खेलाडीले व्यक्तिगत स्पर्धामा जितेको यो एक मात्र रजत पदक पनि हो। टीम स्पर्धामा भने नेपालले प्याराग्लाइडिङमा रजत जितेको छ।
२०१८ मा इन्डोनेसियामा भएको एशियाली खेलकुदमा नेपालले पुरुष टीम क्रस कन्ट्रीमा रजत जितेको थियो।
सविताका पति किशोरले पनि १९९८ कै बैंकक एशियाडको तेक्वान्दोमा कांस्य जितेका थिए। उनीहरू अमेरिकाको सियाटलमा बस्छन्।
२०७२ सालको विनाशकारी भूकम्पबाट पीडितहरूलाई पनि उनीहरूले आर्थिक सहयोग गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्