काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा घरेलु, साना तथा मझौला उद्योग प्रवर्द्धनको कार्यक्रम विशेष प्राथमिकताको साथ सिफारिस गरेको छ।
नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आज आयोजना गरेको ‘कोरोना महामारीपछिको उद्योग वाणिज्य क्षेत्र र आगामी कदम’ विषयक भिडिओ कन्फ्रेन्समा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले सबैभन्दा धेरै रोजगारी सिर्जना गर्न सक्ने क्षेत्र भएकाले लघु, घरेलु र साना तथा मझौला उद्योगलाई ध्यानमा राखेर बजेटका कार्यक्रम सिफारिस गर्न लागिएको बताए।
“आगामी कार्यक्रममा रोजगारी बढाउने र रोजगारी सिर्जना गर्ने कुरामा विशेष ध्यान दिएका छौँ। वैदेशिक रोजगारीबाट फर्किनेहरूका लागि पनि रोजगारीको अवसर दिनुपर्ने भएकाले रोजगारी सिर्जना गर्ने क्षेत्रलाई बजेटको पहिलो प्राथमिकतामा राख्ने गरी सिफारिस गर्छौँ”, उनले भने।
आगामी वर्षमा वस्तुहरूको भण्डारण क्षमता बढाउने र आन्तरिक वितरण प्रणाली सुदृढ गर्नेगरी कार्यक्रम बनाइरहेको उनले बताए। त्यसैगरी, खानी तथा प्रशोधनसम्बन्धी उद्योगले पनि प्रशस्त रोजगारी सिर्जना गर्न भएकाले सकारको आगामी कार्यक्रममा यसले विशेष प्राथमिकता पाउने भट्टले बताए।
“विगतका योजनालाई पनि निरन्तरता दिनुपर्ने छ। सीप प्रवर्द्धन र बजारीकरणको नयाँ कार्यक्रमका विषयमा सातै प्रदेशमा सांसदहरूसँग पनि छलफल गरिरहेका छौँ”, मन्त्री भट्टले भने। त्यसैगरी, कृषिसँग सम्बन्धीत उद्योगको प्रवर्द्धनमा सहयोग पुग्ने कार्यक्रममा पनि मन्त्रालयले तयार गरिरहेको उनले बताए।
कोभिड–१९ ले औद्योगिक क्षेत्रमा पारेको प्रभाव सम्बन्धी सम्पूर्ण तथ्यांक संकलन गरेर आवश्यक पर्दा श्वेत पत्र नै जारी गर्न सक्ने गरी तयारी मन्त्रालयले गरेको भट्टले जानकारी दिए।
तीन चरणमा उद्योग सञ्चालन
आर्थिक गतिविधि खुकुलो पार्नका लागि उद्योग मन्त्रालयले तीन चरणमा उद्योग सञ्चालन गर्ने तयारी थालेको छ।
कुन क्षेत्रका उद्योग कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न मन्त्रालयले सहसचिवको नेतृत्वमा अध्ययन समिति पनि बनाएको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि लकडाउन नै उपयुक्त विकल्प भएपनि त्यसको मापदण्डलाई दृष्टिगत गरी उद्योग सञ्चालनको वातावरण बनाउन लागिएको मन्त्री भट्टले बताए।
कतिपय उद्योगका कामदारहरूमा घरमै बस्दा पनि तलब पाइन्छ भन्ने मानसिकता भएकाले काममा फर्किन नमानेकाले त्यस विषयमा मन्त्रिपरिषद्बाटै निर्णय गराउन लागिएको उनले बताए। “तलब पाइरहेका छौँ किन काममा जाुनपर्यो भन्ने मानसिकता भयो। भोलि (२४ वैशाखमा) बस्ने मन्त्रिपरिषद्को बैठकले यस विषयमा निर्णय गर्छ”, उनले भने।
भिडिओ कन्फ्रेन्समा सहभागी नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णु अग्रवालले अर्थतन्त्रमा कोभिड–१९ को असर निकै लामो समय रहने भएकाले त्यसबेलासम्म उद्योग व्यवसाय जोगाइराख्नु चुनौतीपूर्ण भएको बताए।
“नाफाको विषयमा उद्योगी व्यवसायीको ध्यान गएको छैन। व्यवसायका आआफ्नै समस्या छन्। व्यवसाय र व्यवासायी जोगिए मात्रै उसले सिर्जना गरेका रोजगारी पनि बाँकी रहन्छ। त्यसका लागि खर्च कटौतीमा उद्योगी व्यवसायीले ध्यान दिएका छन्”, उनले भने।
उद्योग, व्यवसाय लामो समय जोइराख्न पनि कर्मचारीको तलब कटौती गर्नुपर्ने अवस्था आएको अग्रवालको दाबी छ।
" /> काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा घरेलु, साना तथा मझौला उद्योग प्रवर्द्धनको कार्यक्रम विशेष प्राथमिकताको साथ सिफारिस गरेको छ।नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आज आयोजना गरेको ‘कोरोना महामारीपछिको उद्योग वाणिज्य क्षेत्र र आगामी कदम’ विषयक भिडिओ कन्फ्रेन्समा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले सबैभन्दा धेरै रोजगारी सिर्जना गर्न सक्ने क्षेत्र भएकाले लघु, घरेलु र साना तथा मझौला उद्योगलाई ध्यानमा राखेर बजेटका कार्यक्रम सिफारिस गर्न लागिएको बताए।

">