काठमाडौं। जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पीसीआर विधिबाट कोभिड-१९ को नमूना परीक्षण शुरू भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुम्लामा पनि नमूना परीक्षणको काम शुरू भएको जनाएको हो।
नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जुम्लामा शुरू भएसँगै देशैभर पीसीआर विधिबाट परीक्षण गरिने प्रयोगशालाको संख्या १८ पुगेको बताए।
मन्त्रालयले आजसम्म देशैभर ६६ हजार ७७ नमूना परीक्षण गरिएको जनाएको छ।
पछिल्लो २४ घण्टामा मात्रै एकहजार ५८२ नमूना परीक्षण भएका छन्। अहिलेसम्म पीसीआर विधिबाट १३ हजार ८५० र आरडीटी विधिबाट ५२ हजार २२७ नमूना परीक्षण भएका छन्।
आजसम्म क्वारेन्टाइनमा बस्नेको संख्या देशैभर २१ हजार ९९ रहेको छ भने आइसोलेसनमा १२० जना छन्।
मन्त्रालयले कोभिड-१९ सम्बन्धी तयार पारेको मोबाइल एप्स र वेवसाइटमा स्वयं मूल्यांकन गर्ने व्यक्तिहरूको संख्या ३२ हजार ८५६ पुगेको छ।
तीमध्ये ३३० जनालाई रेडजोनमा राखिएको छ। अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ।
ती मध्ये १६ जना निको भएर घर फर्किसकेका छन्।
" /> काठमाडौं। जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पीसीआर विधिबाट कोभिड-१९ को नमूना परीक्षण शुरू भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुम्लामा पनि नमूना परीक्षणको काम शुरू भएको जनाएको हो।

">