काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कार्ल मार्क्सको दर्शन र प्रतिपादित सिद्धान्तलाई पूँजीवादी दुनियाँले पनि मानेको बताएका छन्।
२०२औं मार्क्स जन्म दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले मार्क्सलाई एक हजार वर्षयताकै महान् दार्शनिक रहेको समेत उल्लेख गरेका छन्।
मार्क्स विश्व सर्वहारा वर्ग र उत्पीडित समुदायको मुक्तिका प्रणेता रहेको पनि अध्यक्ष दाहालले बताएका छन्।
२१औं शताब्दीमा मार्क्सवादको रक्षा, प्रयोग र विकासका लागि बिचारको विकास गर्न आवश्यक भएको उनको भनाइ छ।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले विश्व महामारीका रूपमा देखिएको कोभिड–१९ का कारण गरीखाने श्रमजीवि समुदाय सबैभन्दा पीडामा रहेको उल्लेख गर्दै उनीहरूको समस्या समाधान गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन्।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कार्ल मार्क्सको दर्शन र प्रतिपादित सिद्धान्तलाई पूँजीवादी दुनियाँले पनि मानेको बताएका छन्।२०२औं मार्क्स जन्म दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले मार्क्सलाई एक हजार वर्षयताकै महान् दार्शनिक रहेको समेत उल्लेख गरेका छन्।

">