काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अल्कोहलको निरन्तर सेवन भइरहेमा कोरोना भाइरस संक्रमणको जोखिम समूहमा पर्न सकिने भन्दै सचेत रहन आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धेरै मानिसहले अल्कोहल सेवन गरेको र मृत्यु भएको खबर पछिल्ला समयमा आइरहेको भन्दै लकडाउनको समयमा वा अन्य समयमा पनि अल्कोहल सेवन हानीकारक हुने बताए।
“लकडाउनको स्थितिमा छौँ। अल्कोहल सेवन गर्दा बानी बस्न सक्छ। नखानेले पनि खान शुरू गर्न सक्छ”, उनले भने, “यस्तो बेलामा शारीरिक र मानसिक रूपले स्वस्थ्य हुनु जरुरी हुन्छ। त्यसका लागि व्यायाम र रचनात्मक काममा ध्यान दिनुपर्छ।”
लकडाउनको समयमा मानिसले धेरै अल्कोहल सेवन गर्न सक्ने र त्यसले दिमागमा नराम्रो असर पर्न सक्ने प्रवक्ता देवकोटाको भनाइ छ।
“अल्कोहल सेवनले अनैतिक क्रियाकलाप गर्न सक्ने, मानसिक तनाव हुने, गलत सोंचको विकास हुने समेत हुन सक्छ”, उनले भने, “मानिसहरू बिरामी पर्न सक्छन्। अस्पताल जानुपर्ने अवस्था रहेमा अहिले कोभिड-१९ का कारणले अस्पतालमा उपचारमा पनि समस्या हुन सक्छ। त्यसैले सजग हुनुपर्दछ।”
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अल्कोहलको निरन्तर सेवन भइरहेमा कोरोना भाइरस संक्रमणको जोखिम समूहमा पर्न सकिने भन्दै सचेत रहन आग्रह गरेको छ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धेरै मानिसहले अल्कोहल सेवन गरेको र मृत्यु भएको खबर पछिल्ला समयमा आइरहेको भन्दै लकडाउनको समयमा वा अन्य समयमा पनि अल्कोहल सेवन हानीकारक हुने बताए।

">