काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन्। २२ वैशाखमा उनले आफ्नो सम्पति विरण नेपाल राष्ट्र बैंकमा पेश गरेका हुन्।
गभर्नर नियुक्त भएको एक महीनाभित्र सम्पति विवरण पेश गर्नुपर्ने कानूनी व्यवस्था छ। मन्त्रिपरिषदले २४ चैतमा गरेको निर्णय अनुसार अधिकारीले २५ चैतमा केन्द्रिय बैंकको गभर्नरमा पदबहाली गरेका थिए।
अधिकारीले सार्वजनिक गरेको विवरणमा उनीसँग घर, जग्गा, गाडी, शेयरमा लगानी लगायतका सम्पति रहेको उल्लेख छ।
खोटाङमा जन्मेका अधिकारी अहिले ललितपुर महानगरपालिका–१८ मा बस्छन्। ललितपुरमा उनको श्रीमती सरिता अधिकारी (पोखरेल)को नाममा २२ सय वर्गफिटमा बनेको घर छ। उक्त घर सञ्चयकोष सापटी, बैंक ऋण र बचतको रकमबाट बनाएको अधिकारीले उल्लेख गरेका छन्।
त्यसगैरी, ललितपुरको सैबुमा उनी र श्रीमतिको नाममा २७ आना ३ पैसा दुई दाम जग्गा छ। विराटनगरको घर जग्गा बिक्री, बचत र सापटीबाट १७ लाख रूपैयाँमा जग्गा किनेको उनले विवरणमा उल्लेख गरेका छन्।
त्यसैगरी, ललितपुरको छम्पीमा पनि उनीहरूको नाममा ९ रोपनी १५ आना जग्गा छ। उनले उक्त जग्गा ९० लाख ९७ हजार रूपैयाँमा खरिद गरेको बताएका छन्। नेपाल राष्ट्र बैंकबाट सेवा निवृत्त हुँदा प्राप्त रकम र बचतबाट उक्त जग्गा खरिद गरेको उनले विवरणमा उल्लेख गरेका छन्। अधिकारीले ३० वर्ष नेपाल राष्ट्र बैंकमा काम गरेका थिए।
त्यसैगरी, झापाको सुङ्गामा विभिन्न कित्तामा गरेर २ विघा १ कठ्ठा १० धुर जग्ग श्रीमतिको नाममा रहेको उनले उल्लेख गरेका छन्। उक्त जग्गा अंशबाट प्राप्त गरेको जनाइएको छ।
अधिकारीको नाममा हेटौडामा पनि दुई कित्तामा गरेर २ कठ्ठा जग्गा रहेको छ।
अधिकाले सम्पति विवरणमा उल्लेख गरेअनुसार, उनीसँग करीब २७ तोला सुन छ भने ५० तोला चाँदीका गहना छन्। पैतृक, विवाह र खरिदबाट यी गरगहना जोडेको उनले बताएका छन्।
उनले माछापुच्छ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक र सेञ्चुरी बैंकमा एक लाख ६३ हजार ७६२ रूपैयाँ रकम जम्मा गरेका छन्। त्यसैगरी, नबिल बैंक लिमिटेडमा उनको डलर अकाउन्ट रहेको छ। जसमा दुई हजार तीन सय दुई अमेरिडी डलर बचत रहेको छ।
नागरिक लगानी कोषमा उनको १२ लाख २४ हजार ६ सय रूपैयाँ अवकाश कोष छ।
अधिकारीसँग नेपाल फिल्म, बाँसबारी लेदरेज, हरिसिद्धि इटा र ज्योति स्पिनिङलगायत औद्योगिक क्षेत्रका कम्पनीहरुको ११ सय कित्ता सेयर छ। उनले नबिल, हिमालयन, सिद्धार्थ, बैंक अफ काठमाण्डू, सनराइज, एभरेष्ट, मेगा, नेपाल इन्भेष्टमेन्ट, एनएमबी, ग्लोबल आइएमइ, एनआइसी एसिया, मेरो माइक्रो फाइनान्स, नागरिक लगानी कोष, प्रिमियर इन्स्योरेन्सको पनि सेयर किनेका छन्। जसमा २७ हजार १८४ कित्ता शेयर छ। जसमा मूल्यांकन ४८ लाख ३७ हजार ३९० रूपैयाँ छ।
त्यसैगरी, उनी र उनको श्रीमतिको नाममा नबिल व्यालेन्स फण्ड–२ मा १८ लाख रूपैयाँ लगानी छ। चिलिमे, एचआईडीसिएल, सानीमा माई, अपरतामाकोशी लगायतका कम्पनीमा २७ हजार ९२९ कित्ता साधारण शेयर छ। उक्त शेयरको मूल्यांकन ४० लाख १७ हजार पाँच सय रूपैयाँ हुन्छ।
उनले नौ लाख रूपैया ऋण दिएका छन् भने नागरिक लगानी कोषबाट ८ लाख १९ हजार ६०० रूपैयाँ ऋण लिएका छन्। उनीसँग १८ हजार रूपैयाँको क्रेडिटकार्ड ऋण पनि छ। अधिकारीले मध्य तमोर जलविद्युत आयोजनामा संस्थापक शेयरधनीको रूपमा ५० लाख रूपैयाँ लगानी गरेका छन्।
अधिकारीसँग, टोयोटा कार, दुई वटा मोटरसाइकल छन भने टीभी, फ्रिज, वासिङ मेसिन, कम्प्युटर, प्लेयर, फोन सेट, एसी, आइप्याड, सोफा सेट आदी गरेर १४ लाख १० हजार रूपैयाँ बराबरको सम्पति छ।
" /> काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन्। २२ वैशाखमा उनले आफ्नो सम्पति विरण नेपाल राष्ट्र बैंकमा पेश गरेका हुन्।गभर्नर नियुक्त भएको एक महीनाभित्र सम्पति विवरण पेश गर्नुपर्ने कानूनी व्यवस्था छ। मन्त्रिपरिषदले २४ चैतमा गरेको निर्णय अनुसार अधिकारीले २५ चैतमा केन्द्रिय बैंकको गभर्नरमा पदबहाली गरेका थिए।

">