काठमाडौं। भारतबाट नेपाल प्रवेश गरेको सामानविहीन ट्रकबाट मोरङमा एक करोड ९ लाख ७९ हजार ५३० भारू बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपालको टोलीले भारतको सुपौलीबाट विराटनगर आएको डब्लूबी ७३ ई ७६३५ नम्बरको खाली ट्रक जाँच गर्ने क्रममा कार्टुनमा प्याकिङ गरेर राखिएका भारू बरामद भएको हो।
स्रोत नखुलेको ठूलो परिमाणमा रकम फेला परेपछि चालक र सहचालकलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, डीआइजी प्रविनकुमार श्रेष्ठले जानकारी दिए।
पक्राउ पर्नेमा सुपौलका रवि कुमार र पप्पु कुमार रहेका छन्। उनीहरू दुवैले प्रारम्भिक बयानमा रकम कसको हो भन्ने केही खोलेका छैनन्। तर, प्रहरीले भने उक्त रकम विराटनगरका कुनै व्यापारीको हुन सक्ने अनुमान गरेको छ।
समानविहीन आएको ट्रकले विराटनगरबाट बच्चाका लागि प्रयोग गरिने डाइपर लोड गरेर सिलुगुडी लैजाने तयारी गर्दै थियो। पक्राउ परेका दुईजना र बरामद भएको रकम सशस्त्र प्रहरी बलले थप अनुसन्धानका लागि भन्सारका कार्यालयमा बुझाएको छ।
" /> काठमाडौं। भारतबाट नेपाल प्रवेश गरेको सामानविहीन ट्रकबाट मोरङमा एक करोड ९ लाख ७९ हजार ५३० भारू बरामद गरेको छ।सशस्त्र प्रहरी बल नेपालको टोलीले भारतको सुपौलीबाट विराटनगर आएको डब्लूबी ७३ ई ७६३५ नम्बरको खाली ट्रक जाँच गर्ने क्रममा कार्टुनमा प्याकिङ गरेर राखिएका भारू बरामद भएको हो।

">