काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वैदेशिक रोजगारीमा रहेका १० देखि ३० प्रतिशत नेपालीले रोजगारी गुमाउन सक्ने बताएका छन्।
कोभिड-१९ का कारण थुप्रै देशले कामदार कटौती गर्न शुरू गरेकाले त्यसको असर त्यहाँ रहेका श्रमिक नेपाली र नेपालको अर्थतन्त्रमा पर्ने मन्त्री ज्ञवालीले बताए।
संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा मन्त्री ज्ञवालीले कोरोना भाइरसका कारण जारी लकडाउन र हवाई उडान बन्द हुँदा नेपालीहरूको भिसा र करार अवधि सकिने जस्ता समस्या पनि आउन सक्ने बताए।
तर, अधिकांश देशहरूले भिसाको अवधि तीन महीना थपेको र सरकारले पनि त्यसमा पहल गरिरहेकाले कुनै समस्या आउन नदिने प्रतिवद्धता जनाए।
“कोभिड-१९ का असरहरू श्रम बजारमा कति गहिरो पर्ने हो भन्ने कुराको यकिन भन्न सकिँदैन। तर, १० देखि ३० प्रतिशतको स्थितिमा हामीले वैदेशिक श्रम बजार गुमाउँछौँ। त्यसको एकैचोटी दुई खालको असर पर्छ। एउटा, त्यहाँ गएकाहरूले ठूलो संख्यामा रोजगारी गुमाएर आउनुहुन्छ, दोस्रो यहाँ प्रतिवर्ष तयार हुने झण्डै पाँच लाखको हिसाबले नेपाली श्रम बजारमा आउने युवाशक्ति जसमध्ये साढे ३ लाख, ४ लाखको निम्ति सहज गन्तव्य बनेको थियो त्यो पनि साँघुरिन्छ”, मन्त्री ज्ञवालीले भने, “देशभित्र नै बेरोजगारी कायम रहन्छ, बाहिरबाट फर्किनेको संख्या झन बढ्छ र यो बेरोजगारीको व्यवस्थापन हाम्रो निम्ति आउँदा दिनहरूमा असाध्यै ठूलो चुनौती बन्न सक्नेतर्फ सरकार गम्भीरतापूर्वक लागेको छ। विभिन्न खालका योजनाहरूको तयार पनि गरिराखेका छौँ।”
श्रमका लागि भारत, साउदी अरेयिबा, यूएई, कतार, मलेसिया, दक्षिण कोरिया, जापान, साइप्रस, इजरायल लगायतका देशहरूमा नेपालीहरू पुगेका छन्। यसबाहेक अन्य धेरै मुलुकमा अध्ययन, तालिम, श्रम गर्न तथा घुम्नका लागि गएका नेपालीहरू रहेका छन्।
मन्त्री ज्ञवालीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कुनै समस्या पर्न नदिने समेत प्रतिवद्धता जनाए। कोभिड-१९ बाट सिर्जना भएको समस्याका लागि विदेशमा रहेका नेपाली दूतावासहरूसँग नियमित जानकारी लिने र सम्बन्धित सरकारसँग पनि पहल भइराखेको उनले बताए।
मन्त्री ज्ञवालीका अुनसार आर्थिक समस्यामा पर्नेहरूका लागि राहतको व्यवस्था गर्ने काम भइरहेको छ। यस्तै, सबै मुलुकमा प्रधानमन्त्रीस्तरबाट र मन्त्रालयस्तरबाट समेत पनि छलफल र उद्धारका लागि पहल भइरहेको उनले बताए।
विदेशमा रहेका संक्रमित नेपालीहरूको निःशुल्क उपचार भइरहेको तर, देशभर संक्रमण धेरै भएपछि सामान्य अवस्थामा रहेकालाई अस्पतालले घरमै बसेर आराम गर्न आग्रह गर्दा नेपालीहरूमा मनोवैज्ञानिक अप्ठेरो परेको मन्त्री ज्ञवाली बताउँछन्।
" /> काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वैदेशिक रोजगारीमा रहेका १० देखि ३० प्रतिशत नेपालीले रोजगारी गुमाउन सक्ने बताएका छन्।कोभिड-१९ का कारण थुप्रै देशले कामदार कटौती गर्न शुरू गरेकाले त्यसको असर त्यहाँ रहेका श्रमिक नेपाली र नेपालको अर्थतन्त्रमा पर्ने मन्त्री ज्ञवालीले बताए।

">