काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले लकडाउन जारी रहे जनतामा तीब्र असन्तुष्टि र आर्थिक संकट बढ्ने बताएका छन्।
लकडाउनका कारण विश्वमा आर्थिक मन्दीसँगै सामाजिक असन्तुष्टि र राजनीतिक संकट पैदा भएकाले लकडाउन खुकुलो हुनुपर्ने गृहमन्त्री थापाले बताए।
उत्पादन र सेवाका क्षेत्रहरू निश्चित सर्तसहित खोल्न नसके कोरोना भन्दा ठूलो संकट पैदा हुने उनको भनाइ छ।
संसदको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै थापाले भने, ‘‘कोरोना संकटलाई तोड्न विश्वले लकडाउन, आइसोलेसन, सामाजिक दूरी कायम गर्ने रणनीति लिएको छ। तर, अब उत्पादन र सेवाका क्षेत्रहरू निश्चित सर्तहरूसहित सामाजिक दूरी कायम गरेर लकडाउन खोल्नुपर्छ। लकडाउन खोल्न नसके कोरोनालाई रोकेपनि नागरिक असन्तुष्टि र असन्तोषको संकटलाई रोक्न सकिँदैन। आर्थिक संकटलाई समाधान गर्ने रणनीति बनाउनुपर्छ।’’
गृहमन्त्री थापाले उत्पादनका क्षेत्र, सेवाका क्षेत्रहरू र विकास निर्माणका कामहरू क्रमशः सामाजिक दूरी कायम गर्दै सञ्चालन गर्नुपर्ने बताए। आर्थिक र राजनीतिक संकट तथा सामाजिक असन्तुष्टिको अन्त्य गर्न राष्ट्रिय एकता र राजनीतिक एकताको रणनीतिका साथ अगाडी बढ्नुपर्ने गृहमन्त्री थापाले बताए।
बेरोजगारी, शहरबाट गाउँ फर्किने अभियान लगायतका समस्या आर्थिक संकटका कारण बढिरहेको उनले बताउ। समिति बैठकमा लकडाउन खुलुलो पार्नुपर्ने उल्लेख गरेपनि कुन मोडालिटी हुने र के सर्त हुने भन्ने विषयमा भने मन्त्री थापाले केही बताएनन्।
" /> काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले लकडाउन जारी रहे जनतामा तीब्र असन्तुष्टि र आर्थिक संकट बढ्ने बताएका छन्।लकडाउनका कारण विश्वमा आर्थिक मन्दीसँगै सामाजिक असन्तुष्टि र राजनीतिक संकट पैदा भएकाले लकडाउन खुकुलो हुनुपर्ने गृहमन्त्री थापाले बताए।

">