पैदलै घर हिँडेका मजदुर नागढुंगामा लुटिए
हेटाैंडा। लकडाउनका बेला काठमाडौंमा अलपत्र परेका एक भारतीय मजदुर पैदल हिँडेर घर जान लाग्दा नागढुंगामा लुटिएका छन्।

काठमाडौंमा घर निर्माणमा संलग्न ४५ वर्षीय राघवेन्द्र चौधरी काठमाडौंबाट विराटनगर जाने क्रममा नागढुंगामा लुटिएका हुन्।

नागढुंगाभन्दा तल बस पाइन्छ भन्ने आश्वासन दिएर चाैधरीलाई लुटिएको थियो।

भारत, मालदह घर बताउने चौधरीलाई घाँटीमा खुकुरी तेर्स्याएर उनीसँग रहेको १५ हजार  र  झोला लुटिएको प्रहरीले जनाएकाे छ।

ठेकेदारले घर जानलाई दिएकाे रकम लुटिएपछि  पीडित चौधरी  भोकै हेटौंडासम्म आइपुगेका थिए। बुधचोकमा भेटिएका उनलाई स्थानीयले खाजा, पानी र बाटाे खर्च दिँदै मकवानपुर प्रहरीकाे जिम्मा लगाएका थिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्