प्रदेश २ मा दुई हजार ६१० जनाको स्वाब संकलन
<p>जनकपुर। प्रदेश २ मा आजसम्म दुई हजार ६१० जनाको स्वाब नमूना संकलन गरिएको छ।</p>
<p>संकलित सो स्वाबको नमूनामध्ये दुई हजार ३०५ जनाको स्वाबको परीक्षण गरिएकामा दुई हजार २९२ जनाको काेभिड-१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। ३०५ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी गराएको हो।</p>
<p>मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले कोरोनाबाट संक्रमित ११ जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको बताए।</p>
<p>यस प्रदेशमा अहिलेसम्म पाँच हजार ३१६ जनाको आरडीटी परीक्षण गरिएको छ। यस प्रदेशको विभिन्न क्वारेन्टाइनमा एक हजार २७४ जना बसेका छन् भने चार हजार ३६४ जना होम क्वारेन्टाइनमा र ३१ जना आइसोलेसनमा छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्