वीरगञ्जमा उपचारपछि डिस्चार्ज भएका दुई जनामा पुन: कोभिड-१९ को संक्रमण <p>काठमाडौं। वीरगञ्जमा उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका कोभिड-१९ का दुई जना संक्रमितलाई पुन: पोजिटिभ देखिएपछि अस्पताल ल्याइएको छ।&nbsp;</p> <p>नारायणी उपक्षेत्रीय अस्पतालका मेसु मदन उपाध्यायले दुवै जनामा कोरोना भाइरस पोजिटिभ देखिएपछि अस्पतालको आइसोलेसन वार्डमा राखिएको बताए।&nbsp;रौतहटका १९ वर्षीय पुरूषलाई २० वैशाखमा र पर्सा निवासी भारतीय ४४ वर्षिय अर्का पुरूषलाई २१ वैशाखमा अस्पताल ल्याइएको हो। कोभिड-१९ रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरूलाई १४ वैशाखमा अस्पतालबाट डिस्चार्ज गरिएको थियो।</p> <p>नेपालमा पहिलोपटक संक्रमित भेटिएको ९ माघयता हालसम्म ८२ जना व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको छ। उपचारपछि १६ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएकोमा वीरगञ्जमा दुई जनालाई पुन: अस्पताल भर्ना गरिएसँगै निको हुनेको संख्या १४ मात्र भएको छ। अहिले उपचारका लागि देशभरका विभिन्न अस्पतालहरूमा ६८ जना व्यक्ति आइसोलेसन वार्डमा छन्। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्