काठमाडौं। संघीय संसद्का सबै सदस्य र कर्मचारीमा पीसीआर विधिबाट कोरोना भाइरस परीक्षण गरिने भएको छ।
२६ वैशाखमा संघीय संसद्को बजेट अधिवेशन शुरू हुने भएकाले त्यसअघि नै दुवै सदनका सबै सदस्य र कर्मचारीमा कोरोना भाइरस संक्रमण भए÷नभएको परीक्षण गरिने भएको हो।
आज संघीय संसद् भवन नयाँ बानेश्वरमा सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको कार्यव्यबस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको उनका प्रेस सल्लाहका श्रीधर न्यौपानेले बताएका छन्।
यसैगरी, संघीय संसद्को सभाह, कक्ष, भवन र परिसरलाई डिस्इनफेक्सन गर्ने, विश्व स्वास्थ्य संगठनले तोकेका सवै मापदण्डलाई पालना गर्दै दूरी कायम गरेर बैठक सञ्चालन गर्ने निर्णय पनि भएको छ।
संघीय संसद् भवनमा कोरोना संक्रमण हुन नदिन सबै पूर्वतयारी गर्ने र संसद् भवनको सरसफाइमा विशेष ध्यान दिने पनि बैठकले निर्णय गरेको छ।
प्रतिनिधि सभामा हाल सभामुखसहित २७२ र राष्ट्रिय सभामा अध्यक्षसहित ५८ सदस्य छन्।
दुवै सदनको संयुक्त अधिवेशन २६ चैत दिउँसो चार बजे बोलाइएको छ।
" /> काठमाडौं। संघीय संसद्का सबै सदस्य र कर्मचारीमा पीसीआर विधिबाट कोरोना भाइरस परीक्षण गरिने भएको छ।२६ वैशाखमा संघीय संसद्को बजेट अधिवेशन शुरू हुने भएकाले त्यसअघि नै दुवै सदनका सबै सदस्य र कर्मचारीमा कोरोना भाइरस संक्रमण भए÷नभएको परीक्षण गरिने भएको हो।

">