तपाईंको शिशुले रमाउँदै तपाईंको अनुहार एकैछिनमा हराएको र फेरि एकैछिनमा देखिएको हेर्नेछ। शिशु हुर्किँदै जाँदा आफैँ नै तपाईंसँग यो खेल खेल्न सक्नेछ।
हेर र भन
घर वरिपरिका फरक-फरक वस्तु देखाउँदै तिनको नाम बताउनुहोस्। जस्तै, एउटा बिरालो देखाउँदै भन्नुहोस्, “ऊ हेर, बिरालो देख्यौ ? त्यो खैरो बिरालो हो।”
यस्तो गर्नाले नानीबाबुहरूको भाषिक विकास हुनुको साथै तपाईंसँगको सम्बन्ध प्रगाढ बन्नेछ।
बाजा बनाऔं
आफ्ना नानीबाबुसँग मिलेर गीत गाउनुहोस्। साथसाथै बाजा बनाउन एउटा सुरक्षित खाली प्लास्टिकको बोतल लिनुहोस्।
त्यसभित्र टाँक वा मालाका दानाहरू हालेर बिर्को बन्द गरी हल्लाएर बजाउन मिल्ने बाजा बनाउनुहोस्। संगीतले बालबालिकाको संवेदनात्मक विकास गर्छ भने बाजा समाउने क्रियाकलापले सुक्ष्म तथा स्थुल अंगको विकास गर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा रचनात्मक हुनु र रमाइलो गर्नु हो।
शरीरको खेल
आफ्ना नानीबाबुहरूलाई उनीहरूको शरीरको अंगको नाम बताउनुहोस्। ती अंग देखाउँदै उनीहरूलाई अंगका नाम सिक्न सहयोग गर्नुहोस्।
जस्तैः “नानीको नाक कहाँ छ ? यी, यहाँ छ।” तपाईंले बालबालिकालाई आफ्नो र अरूको अंग बिचको समानता थाहा दिन आफ्नो पनि त्यहीँ अंग देखाउनुहोस् र भन्नुहोस् “आमाको नाक कहाँ छ ? यी यहाँ छ।”
१-२ वर्ष उमेरका बालबलिकाका लागि
बाकसको गाडी
यो क्रियाकलाप गर्न सबैभन्दा पहिले एउटा खाली बाकस वा कार्टुन लिनुहोस्। त्यसमा सुरक्षाको लागि सफा एवम् नरम बाक्लो कपडा वा ब्ल्यांकेट मिलाएर आरामदायी तरिकाले बिछ्याउनुहोस्।
अब आफ्ना नानीबाबुहरूलाई त्यसमा राख्नुहोस्। त्यसपछि, तपाईं कुनै मोटर कारको ध्वनिलाई नक्कल गर्दै होसियारी पूर्वक वरिपरि धकेल्ने वा तान्ने गर्नुहोस्।
यस्तो कृयाकलापबाट नानीबाबुहरूले नयाँ खेलौनाको अनुभव प्राप्त गर्नका साथै घरको वरिपरि यसरी यता-उता जान पाउँदा खुसी हुनेछन्।
तपाईंले पनि शारीरिक कसरतको मौका पाउनु हुनेछ। यदि तपाईंको घरमा धेरै खाली ठाउँ छैन भने तपाईंले केवल बाकसलाई दायाँ बायाँ हल्लाएर मोटरको ध्वनि मात्र भए पनि निकाल्न सक्नुहुन्छ।
किचेन ड्रमर
यसको लागि सबैभन्दा पहिला भान्साबाट केही नफुट्ने वा नटूक्रिने किसिमका कचौरा, भाँडा र प्यानहरू ल्याउनुहोस्। तिनीहरूलाई मिलाएर ड्रम सेटको शैलीमा राख्नुहोस्। ड्रम बजाउनको लागि ड्रम स्टिकको रूपमा प्रयोग गर्न काठबाट बनेका पन्यूहरू ल्याउनुहोस्।
अब तपाईंका नानीबाबुहरू आफैंले रमाउँदै सो काठका पन्यू र भाँडाहरू बजाएर नयाँ नयाँ ध्वनिहरू निकाल्नेछन्।
यसले पनि तपाईंको शिशुको सुक्ष्म अंगको विकास गर्छ।
स्वतन्त्र चित्रण
आफ्ना नानीबाबुहरूलाई मैनका रंगहरू र एउटा खालि कागज दिनुहोस्। अब उनीहरूलाई इच्छा अनुरूपको चित्रहरू बनाउन लगाउनुहोस्।
यसले तपाईंका नानीबाबुहरूको सृजनात्मक क्षमता उजागर गर्नको साथै आफै रमाउन सिकाउँछ। उनीहरूले बनाएका चित्र प्रयोग गरेर विभिन्न रंगबारे पनि कुरा गर्नुहोस्।
भकुन्डो पास
एउटा नरम प्रकारको भकुन्डो ल्याउनुहोस्। अब तपाईं र तपाईंका नानीबाबुहरू केही छोटो दुरीको फरकमा आमने सामने गरि बस्नुहोस्। त्यसपछि सो बललाई पालैपालो एक अर्कोतर्फ पास गरेर खेल्नुहोस्।
यसले तपाईंका नानीबाबुहरूको आत्मविश्वास बढाउनुका साथै हरेक क्रियाको जवाफ वा प्रतिकृया दिन सिकाउँछ।
यसलाई अझै रमाइलो बनाउन अर्को भकुन्डो थप्नुहोस् र उनीहरूले कुनै एउटा छनोट गरेपछि उनीहरूसँग सो छनोटमा परेको भकुन्डोबारे कुरा गर्नुहोस्।
३-४ वर्ष उमेरका बालबालिकाका लागि
विभिन्न भेषभूषा र पहिरन
केही फरक-फरक किसिमका कपडाहरू लिनुहोस्। आफ्ना नानीबाबुहरूलाई ती कपडाहरूबाट विभिन्न भेषभूषा र पहिरन बनाउन लगाउनुहोस्। त्यसपछि उनीहरूले छानेको पहिरनको आधारमा सँगै खेल्नुहोस्।
म तिमीलाई समात्छु
घरभित्र वा वरिपरि खाली ठाउँमा नानीबाबुहरूलाई दौड्न लगाउनुहोस् र आफूले उनीहरूलाई समात्ने प्रयास गर्नुहोस्। यो खेलले तपाईंका नानीबाबुहरूलाई धेरै थकाउनेछ। त्यसैले खेल खेलिसकेपछि उनीहरूलाई छोटो समयको लागि सुताउन पनि सक्नुहुनेछ।
आवाज पत्ता लगाऊ
आफ्नो शिशुलाई फरक-फरक जनावरहरूको आवाजको नक्कल गरेर सुनाउनुहोस्। उसलाई त्यो आवाज कुन जनावरको हो भनेर चिन्न लगाउनुहोस्।
अब त्यसरी नै उसलाई पनि जनावरहरूको आवाजको नक्कल गर्न प्रोत्साहित गर्नुहोस् र आफूले सो जनावरको नाम बताउनुहोस्।
यसले आवाज नक्कल गर्दा छनोट गर्नु भएका जनावरहरूबारे नानीबाबुहरूलाई अझ धेरै जानकारी दिने अवसर प्रदान गर्नेछ।
बाल चुनौति
बालबालिका आफ्नो शारीरिक परिपक्वतासँगै चुनौती सामना गर्न मन पराउँछन्। त्यसैले आफ्ना नानीबाबुहरूलाई आफ्ना पाखुरा उठाउने, हातले गोडाका औँलाहरू छुने जस्ता गार्हा निर्देशनहरू दिनुहोस्।
यसले तपाईंका बालबालिकालाई शरीरका अंगहरूको नाम थाहा पाउन र उनीहरूको शारीरिक क्षमताहरूको पहिचान गर्न सहयोग पुर्याउँछ।
५-८ वर्ष उमेरका बालबालिका
अवरोधपूर्ण दौड
नरम र सुरक्षित किसिमका फर्निचर, सिरानी र खेलौनाहरूको प्रयोग गरेर ठाउँ ठाउँमा अवरोधहरू बनाउनुहोस्। शुरूमा कसरी यी अवरोधहरूबाट बचेर दूरी पार गर्न सकिन्छ भनेर आफ्ना नानीबाबुहरूलाई देखाउनुहोस्।
त्यसपछि उनीहरूलाई जति सक्दो चाँडो सो दुरी पूरा गर्न प्रोत्साहन गर्नुहोस्। यसको लागि घडी हेरेर दौडिन लगाउनुहोस्। हरेक पटक उनीहरूलाई आफूले अघिल्लोपटक पार गरेको समय भन्दा कम समयमा दौड पूरा गर्न अभिप्रेरित गर्नुहोस्।
खेलौनाको सरसफाई
एउटा बाल्टिनमा पानी भर्नुहोस्। त्यसमा आफ्ना नानीबाबुहरूको खेलौनाहरू डुबाएर पानीसँग खेल्दै नरम कपडाले खेलौनाको सरसफाइ गर्न लगाउनुहोस्।
कथा बनाउन लगाउनुहोस्
आफ्ना बालबालिकालाई नेतृत्व गर्न दिनुहोस्। उनीहरूलाई कुनै काल्पनिक कथा बनाउन लगाउनुहोस्। उनीहरूको कुरा राम्ररी सुन्नुहोस्। उनीहरूले बनाएका काल्पनिक दुनियाँबारे प्रश्न सोध्नुहोस्।
सँगै खाजा बनाउनुहोस्
तपाईंले आफ्नो परिवारको लागि खाजा तयार गर्दा आफ्ना नानीबाबुहरूलाई पनि सहयोग गर्न अभिप्रेरित गर्नुहोस्। सकेसम्म धेरै रंगका खानेकुराहरू प्रयोग गर्ने चुनौति दिनुहोस्।
खाजा तयार भएपछि पनि उनीहरूको क्षमता र इच्छा अनुसार प्लेटमा खाजा सजाउन दिनुहोस्। आफ्ना स्वादिलो सिर्जनासँग उनीहरू पक्कै पनि खुशी र गर्वान्वित हुनेछन्।
" />तपाईंको शिशुले रमाउँदै तपाईंको अनुहार एकैछिनमा हराएको र फेरि एकैछिनमा देखिएको हेर्नेछ। शिशु हुर्किँदै जाँदा आफैँ नै तपाईंसँग यो खेल खेल्न सक्नेछ।

">