कोभिड-१९ बाट मृत्युः इटालीलाई उछिन्यो बेलायतले
<p>लन्डन। कोभिड-१९ का बिरामी बढ्दै जाँदा बेलायतको मृत्युदरले इटालीलाई उछिनेको छ।</p>
<p>पछिल्लो सरकारी तथ्यांकअनुसार बेलायतमा २९ हजार चार सय २७ जनाले ज्यान गुमाएका छन्। यससँगै बेलायत युरोपमा सबैभन्दा बढी हताहती हुने मुलुक बन्न पुगेको छ।</p>
<p>बीबीसीका अनुसार पछिल्लो अवस्थाबारे बोल्दै बेलायती विदेश मन्त्री डोमिनिक रावले कोभिड-१९ को महामारीलाई ‘ठूलो त्रासदी’ बताए।</p>
<p>इटालीमा मृतक संख्या २९ हजार तीन सय १५ छ। यसअघि युरोपमा मृतक संख्याका आधारमा सबैभन्दा अगाडि थियो। स्पेनमा हालसम्म २५ हजार ६ सय १३ जनाले ज्यान गुमाएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्