मध्यपूर्वमा कोभिड-१९: विवादमा इरानी एयरलाइन्स !

लन्डन। मध्यपूर्वका देशहरूमा कोभिड-१९ को महामारी फैलिँदै गर्दा इरानको ‘महान एयर’ विवादमा आएको छ।

सोही एयरलाइन्सले मध्यपूर्वमा कोभिड-१९ को महामारी फैलाउन मद्दत पुर्‍याएको आरोप लागेको छ।

महामारी फैलिन नदिन संसारभर हवाई सेवा बन्द भइसक्दा पनि उक्त एयरलाइन्सले कोरोना भाइरसको संक्रमण फैलिरहेका मुलुकमा आफ्नो सेवा चालु राखेको थियो।

बीबीसीको अरबी सेवाले फ्लाइट ट्रयाकिङ डाटा र ओपन सोर्स भिडिओहरूको विश्लेषणपछि उक्त निष्कर्ष निकालेको हो। इराक र लेबनानसम्म सोही एयरलाइन्सले कोरोना भाइरसका संक्रमित व्यक्तिहरूलाई पुर्‍याएको दाबी बीबीसीको छ।

जबकि, इरान सरकारले पनि सम्पूर्ण हवाई सेवा बन्द गर्ने निर्णय गरिसकेको थियो। ‘महान एयर’ले भने सरकारी निर्णयको अवज्ञा गर्दै उडान जारी राख्यो।

एयरलाइन्सकै कर्मचारीहरूका अनुसार ‘क्याबिन क्रु’का धेरै सदस्यमा कोभिड-१९ को लक्षण देखिइसक्दा पनि महान एयरले उडान बन्द गरेन। ‘क्याबिन क्रु’का परिवारले उनीहरूको सुरक्षाको प्रश्‍न उठाउँदा पनि व्यवस्थापनले सुनेको नसुन्यै गर्‍यो।

मध्यपूर्वका मुलुकहरू इराक, संयुक्त अरब इमिरेट्स र सिरियाले महान एयरका विमानलाई आफ्ना विमानस्थलमा अवतरण गर्न दिइरहे।

प्रतिक्रिया दिनुहोस्