नेपालगञ्‍जका २३ जना संक्रमितको स्वास्थ्य सामान्य
खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनीहरूको स्वास्थ्य सामान्य रहेको कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।
सबैजनालई वार्डमा चिकित्सकको निगरानीमा राखिएको छ।
बाँकेमा पहिलोपटक एक ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखापरेपछि पीसीआर विधिबाट परीक्षण शुरू गरिएको थियो।
२१ वैशाखमा १६ र हिजो, २३ वैशाखमा थप सातजनामा संक्रमण पुष्टि भएको हो।
पहिलो पटक भेटिएका संक्रमितको सम्पर्कमा रहेकाहरुको स्वाब परीक्षण गर्दा एकै वडाका २२ जनामा संक्रमण भेटिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्