सरकारले सार्वजनिक सभा, समारोह तथा कार्यक्रम गर्न अनिश्चितकालका लागि रोक लगाएको छ।
तर, सरकारको आदेशको अवज्ञा गर्दै नेमकिपाले कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि रहेका प्रदेश सभा सदस्य गोसाईले यस्तो बेलामा कार्यक्रम गर्न आवश्यक रहेकैले आयोजना गरिएको बताए।
“यो बेलामा कार्ल मार्क्सको सिद्धान्तको चर्चा गर्न आवश्यक छ, त्यसैले कार्यक्रम आयोजना गरेका हौं”, राजनीतिक कार्यक्रम गर्न कुनै स्विकृति लिनुनपर्ने जिकिर गर्दै गोसाईंले भने, “सामाजिक दूरी कायम गरेर कार्यक्रम आयोजना गरेका हौं। त्यो एउटा राजनीतिक मात्र नभएर सामाजिक जनचेतना फैलाउने कार्यक्रम पनि थियो। यस्तो राजनीतिक कार्यक्रमको लागि अनुमति लिनुपर्दैन्।”
भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भने कोही कसैलाई पनि सार्वजनिक कार्यक्रम गर्न अनुमति नदिइएको बताए।
“सार्वजनिक कार्यक्रम गर्न रोक लगाइएको छ।त्यस्तो कुनै कार्यक्रम भएको मलाई जानकारी छैन”, नगर प्रमुख प्रजापतिले भने ।
नगर प्रमुख प्रजापतिले आफूलाई थाहा नभएको र कुनै कार्यक्रम गर्न अनुमति नदिइएको भने पनि भक्तपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण खत्री भने पहेंलो मास्क लगाएर मञ्चमा बसेको फोटोमा देखिन्छ।
वडाध्यक्ष खत्रीले योजनाबद्ध तरिकाले नभई साथीभाईको आग्रहमा कार्यक्रममा सहभागी भएको बताए।भने, “साथीभाइले कार्यक्रममा जाउँ भनेकाले गएको हुँ ।”
" />सरकारले सार्वजनिक सभा, समारोह तथा कार्यक्रम गर्न अनिश्चितकालका लागि रोक लगाएको छ।

">