शुरूका केही दिन थ्रोट स्वाब संकलनका लागि सामग्रीको अभाव भएपनि अहिले पर्याप्त रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी ईन्चार्ज अस्मिता सापकोटाले बताईन्।
"हामीलाई भीटीएमको अभाव थियो। अहिले पर्याप्त मौज्दात छ", सापकोटाले देखापढीलाई भनिन्।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले मापदण्डको आधारमा नमूना संकलन गरिएकोले परीक्षण केही कमी देखिएको बताएका छन्।
संघीय सरकारले कोरोना भाइरसको लक्षण भएका व्यक्ति, पछिल्लो १४ दिनभित्र बिदेशबाट आएका व्यक्ति, कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्ति र कोरोनाको लक्षण भएका स्वास्थ्यकर्मीको मात्रै स्वाब संकलन गर्न बनाएको मापदण्ड अनुसार नै थ्रोट स्वाब संकलन गरिरहेको उनको भनाइ छ।
त्यस्तै आरडिटी टेस्ट गर्दा पोजिटिभ देखिएका व्यक्ति, कोरोनाको उपचारमा संग्लन विशेष चिकित्सकले सिफारिस गरेका व्यक्तिको मात्रै पीसीआर परिक्षण गरिएको कार्कीले बताए।
लकडाउन जारी भएपश्चात भारतमा घर फर्केका सयौँ नेपाली सुदुरपश्चिमका विभिन्न जिल्लामा अझै क्वारेन्टाइनमा नबसी घरमै बसेका छन्।
कुनै लक्षण नदेखिएका कतिपयमा कोभिड-१९ पोजिटिभ पाइएकोले पनि अझै पनि सुदूरपश्चिम उच्च जोखिममा रहेको सेती प्रादेशिक अस्पतालका पूर्वमेसु डा. गणेशबहादुर सिंह बताउँछन।
भएको प्रयोगशालाको उचित प्रयोग गर्दै परिक्षणको दायरा बढाउनुपर्ने उनको सुझाव छ।
स्वास्थ्य निर्देशनालय डोटीले दिएको जानकारी अनुसार अहिलेसम्म दुई हजार ९७२ जनाको थ्रोट स्वाब संकलन गरिएकोमा दुई हजार ९१९ जनाको परीक्षण गरिएको छ।
जसमा पाँच जना संक्रमित भेटिएकोमा चारजना निको भएर घर फर्किसकेका छन्।
बाँकी एकजनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।
चिकित्सकहरुका अनुसारको उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
" />शुरूका केही दिन थ्रोट स्वाब संकलनका लागि सामग्रीको अभाव भएपनि अहिले पर्याप्त रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी ईन्चार्ज अस्मिता सापकोटाले बताईन्।

">