लकडाउन थप गर्नेबारे निर्णय गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं। मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बसिरहेको छ।
लकडाउनको अवधि कति दिन र कुन स्वरूपमा थप गर्ने विषयमा बैठकमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
कोरोना जोखिमयुक्त क्षेत्रमा लकडाउन कडाइ गरेर कम जोखिम भएको क्षेत्रमा केही खुकुलो बनाउने भन्ने निर्णयको विकल्पबारे पनि छलफल भइरहेको छ।
त्यसबाहेक कोभिड-१९ रोकथाम, उपचारमा अहिलेसम्म गरिएका कामको समीक्षा र भावी रणनीतिको बारे पनि बैठकमा छलफल भइरहेको छ।
कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको हिजो बसेको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न लकडाउन प्रभावकारी बनिरहेको निष्कर्ष निकाल्दै अवधि थप गर्न सरकारलाई सिफारिस गरिसकेको छ।
पछिल्लोपटक १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले थपेको लकडाउनको अवधि भोलि, २५ वैशाखमा सकिँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्