चितवनको आइसोलेसनमा मृत्यु भएकी वृद्धाको कोभिड-१९ परीक्षणको तयारी
चितवन। पुरानो मेडिकल कलेजको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएकाको स्वाब परीक्षण गरिने भएको छ।

दम, उच्च रक्तचाप र ज्वरो आएर उपचारका लागि आएकी रुपन्देही जिल्ला घर भई हाल खैरहनी नगरपालिका-१२ बस्ने ६० वर्षीया उमादेवी विकको उपचारका क्रममा गएराति मृत्यु भएको थियो।

अस्पतालमा विकको मृत्यु भएपछि कोरोना भाइरस संक्रमणको आशंकामा स्वाब संकलन गरी काठमाडौं पठाउने तयारी गरिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले बताए।

विकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। यसअघि पनि भरतपुर कोरोना विशेष अस्पतालमा उपचाररत वीरगञ्जका सन्तोष यादवको मृत्यु भएको थियो।

उनको पनि स्वाब परीक्षण गरिएकोमा कोभिड-१९ रिपोर्ट भने नेगेटिभ आएको थियो। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्