रानीपोखरी पुनर्निर्माणको काम पुन: थालियो

काठमाडौं। लकडाउनका कारण रोकिएको पुरातात्त्विक सम्पदा रानीपोखरीको पुनर्निर्माण काम पुन: थालिएको छ।

१२ वैशाख २०७२ को महाभूकम्पबाट क्षति पुगेको रानीपोखरीको पुनर्निमाण कार्य यही १२ वैशाखसम्म सम्पन्‍न गर्ने लक्ष्य थियो।

रानीपोखरी र त्यहाँ रहेको बालगोपालेश्‍वर मन्दिरको पूनर्निर्माणलाई निरन्तरता दिन पहिलेभन्दा धेरै कामदार परिचालन गरिएको राष्‍ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै स्वास्थ्य सुरक्षा सम्बन्धी सावधानी अपनाउँदै पुनर्निर्माण कार्यलाई निरन्तरता दिइएको हो।

रानिपोखरीमा भूकम्पपछि पानीसमेत सुकेको छ।

त्यहाँ पानीको व्यवस्था गर्न डिप बोरिङ गरी पानी निकाल्नेसमेत भएको छ।

प्रतिक्रिया दिनुहोस्