‘तिमीले सक्दैनौँ, तीन दिन भोकै बस्नुपर्छ, एक महीना तयारी गर्नुपर्छ, भोज खुवाउनुपर्छ रगत बग्यो भने अनिष्ट हुन्छ’ भनेर गाउँलेले जिब्रो छेड्न डर देखाएका थिए ।
भक्तपुर थिमिको बिस्का (बिस्केट) जात्रामा जिब्रो छेड्दा रगत बग्यो भने अनिष्ट हुन्छ भन्ने जनविश्वास रहेकोले डर पलाउनु स्वभाविक थियो । “गाउँलेको कुराले डर लाग्यो, जतिसुकै पीडा भए पनि रगत चाहिं नबगोस् भन्ने चाहना थियो, पहिलो पटक जिब्रो छेड्दा रगत नआएपछि त्यसबेला बल्ल आफूले गरेको काम सफल भएको महसुस भयो र खुशी लाग्यो”, जुजुभाइ बासँ श्रेष्ठले अनुभव सुनाए ।
भक्तपुर थिमिका श्रेष्ठले २ वैशाख २०६६ मा पहिलोपटक जिब्रो छेडेका थिए । जिब्रो छेडेपछि चन्द्राकारको महादीप बोकेर हिँड्नुपर्छ । जिब्रो निकालेर शहरको परिक्रमा गर्नुपर्छ ।
यसरी जिब्रो छेडेका व्यक्तिलाई सर्वसाधारणले देवता सरह मान्छन् । मानिसलाई दुःख कष्ट दिने राक्षसलाई समातेर जिब्रो छेडी शहर घुमाए दुःख नाश हुन्छ भन्ने विश्वासमा जात्रा मनाइन्छ ।
जात्राको आकर्षण नै जिब्रो छेड्ने परम्परा हो । त्यही परम्परा धान्नका लागि जुजुभाइले आठ वर्षसम्म लगातार जिब्रो छेडे । परिणाम अहिले उनलाई गुरुको मान प्राप्त छ ।
सुइरो बनाउने व्यक्तिले पनि व्रत बस्नुपर्छ । जिब्रो छेड्नेले पनि तीन दिन व्रत बस्नुपर्छ । पशुपक्षीलाई छुन हुँदैन, तीन दिन पानी मात्रै खाएर बस्नुपर्छ र विभिन्न अनुष्ठान गरेर बस्नुपर्छ । अर्काको घरमा समेत जान नहुने परम्परा छ ।
धार्मिक महत्व बोकेको, कला संस्कृति र मठमन्दिरले सिङ्गारिएको मध्यपुरथिमिको पर्याय हो– बिस्का जात्रामा जिब्रो छेड्ने परम्परा । जुजुभाइ आफ्नो मौलिक कला र संस्कृतिलाई बचाउन जिब्रो छेडेर जिम्मेवारी पूरा गरेको महसूस गर्छन् ।
भक्तपुरको बोडेमा वर्षेनी जिब्रो छेड्दै आएका बुद्धकृष्ण बाग श्रेष्ठले २०६६ सालमा नछेड्ने भएपछि जुजुभाइले जिब्रो छेड्ने निर्णय लिएका थिए ।
जिब्रो छेड्ने सुइरोलाई केही दिनअघि तेलमा डुबाएर राखिन्छ । त्यही सुइरो ल्याएर देवगणको पूजा गरी मौलिक बाजा बजाउंँदै सबैका सामु जिब्रो छेड्ने परम्परा छ । “जिब्रो छेडेपछि साधारण मान्छेलाई देवतुल्य ठानिन्छ,” उनले भने ।
जिब्रो छेडेपछि अर्धचन्द्रको महादीप बालेर काँधमा बोकाइ शहर परिक्रमा गरिन्छ । बोडेका विभिन्न शक्तिपीठ दर्शन गराएपछि विधिपूर्वक सुइरो झिकिने संस्कृति अध्येता प्रदीप श्रेष्ठ भन्छन् ।
पहिलो पटक सुइरो रोप्दा
पहिलो पटक सुइरो रोप्दा जुजुभाइलाई डर र खुशीको मिश्रित अनुभव रहयो । जिब्रोको माथिल्लो भागमा मासु हुने भएकाले सजिलै जाने तर तल्लो भागको झिल्ली छेड्न निक्कै गाह्रो भएको उनले बताए ।
छेड्दा जति दुख्छ त्योभन्दा बढी निकाल्दा दुख्ने जुजुभाइको अनुभव छ । उनी भन्छन् “झण्डै दुई घण्टा छेडेको जिब्रो बाहिर राख्नुपर्छ, ¥याल बगिरहेको हुन्छ, जिब्रो कक्क्रक्क भएर सुकिसकेको हुन्छ, त्यसबेला सुइरो निकाल्दा पीडा महसूस हुन्छ”,
उनले २०६६ सालदेखि २०७३ सम्म निरन्तर जिब्रो छेडे । त्यसपछि बुद्धकृष्ण बाग श्रेष्ठले पुनः निरन्तरता दिएका छन् ।
परम्पराअनुसार जिब्रो छेडेमा अनावृष्टि हुँदैन, अनिकाल लाग्दैन, महामारी, महाभूकम्प आउँदैन, पाहुनालाई सजिलोसँग पाल्न सकिन्छ र धर्मप्रति आस्था बढ्छ भन्ने जनविश्वास छ । नारायण ढुङ्गाना/रासस