सामग्री ढुवानी गर्न पास दिएर आयोजनाको निरन्तरता

काठमाडौं। लकडाउनका कारण स्थगित भएका विकासे आयोजनाहरूलाई निरन्तरता दिन थालिएको छ।

निर्माण सामग्री ढुवानीका लागि निर्माण कम्पनीहरूलाई सवारी पास उपलब्ध गराएर अवरुद्ध भएका काम शुरू गरिएको शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बताए।

मन्त्री मानन्धरले काठमाडौं महानगरपालिकाअन्तर्गतको चमती जग्गा एकीकरण आयोजनाको निर्माण कार्य पुनः शुरू गर्न पनि पहल थालेका छन्।

समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता पूरा गर्ने निर्माण व्यवसायीलाई सात दिने सवारी पास उपलब्ध गराइएको छ।

जेठ २०७६ मा सम्झौता भएको यो आयोजना दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने छ। २४ करोडमा आयोजनाको ठेक्का सम्झौता भएको थियो ।

काठमाडौं महानगरपालिका प्रवक्ता समेत रहेका वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले पास उपलब्ध गराएर निर्माण कार्य अगाडि बढाइएसँगै रोकिएको काम अब समयमै सम्पन्न हुनेमा विश्वस्त भएको बताए।

प्रतिक्रिया दिनुहोस्