वीरगञ्जमा थप १७ जनामा कोरोना संक्रमण
<p>काठमाडौं। पर्साको वीरगञ्जमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यससँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ। </p>
<p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा विरगञ्जका थप १७ जनामा कोरोना पोजिटिभ देखिएको हो। उनीहरू दुई महीनाका शिशुदेखि ६६ वर्षका वृद्धसम्म छन्। नेपालमा कोभिड-१९ देखिएका ९९ जनामध्ये ७१ जना पुरुष र २८ जना महिला हुन्।</p>
<p>आज वीरगञ्जमा देखिएको यो संख्या नेपालमा एकैदिन देखिएको सर्वाधिक हो। यसअघि २१ वैशाखमा नेपालगञ्जमा एकैपटक १६ जनामा देखिएको थियो। </p>
प्रतिक्रिया दिनुहोस्