काठमाडौं। विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरस संक्रमणको विस्तार रोक्न लकडाउन गरिएको छ।

आज मात्रै मन्त्रिपरिषद्ले आउँदो ५ जेठसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरिसकेको छ। सरकारको निर्णय अनुसार १८ जेठसम्म अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द गरिनेछ। नेपालमा ११ चैतदेखि लकडाउन गरिएको थियो।

सबैभन्दा धेरै नेपाली रहेको भारतमा पनि लकडाउन छ। नेपालको तुलनामा भारतमा संक्रमितको संख्या निकै धेरै छ। नेपालमा संक्रमितको संख्या ८२ पुग्दा भारतमा ४६ हजार ५३३ पुगेको छ। विश्व स्वास्थ्य संठनका अनुसार भारतमा कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म एक हजार ५६८ जनाले ज्यान गुमाइसकेका छन्।

भारतमा संक्रमित हुनेमा केही नेपाली पनि छन्। २४ मार्चबाट जारी लकडाउन भारतमा पछिल्लोपटक थपिएको मितिअनुसार १७ मेसम्म जारी रहनेछ। त्यसपछि पनि थपिने सम्भावना छ।

कोरोना भाइरसको बढ्दो संक्रमण र जारी लकडाउनका कारण मजदुरीका लागि भारत पुगेका हजारौँ नेपाली समस्यामा परेका छन्।

खानको समस्या त छ नै, क्वारेन्टाइनमा राखिएका नेपालीहरू पनि अपमानपूर्वक निकालिएका छन्। भारतको उत्तराखण्डको हल्द्वानीमा क्वारेन्टाइनमा रहेका १७ जना नेपाली मजदुरलाई भारतीय अधिकारीहरुले निकालेका हुन्।

सामाजिक सञ्जालमा राखिएको एउटा भिडिओमा नेपालीहरूले त्यसको प्रतिवाद गर्न खोजेको पनि देखिन्छ। क्वारेन्टाइनबाट निकालिँदा सीमा बन्द भएका कारण घर फर्किन पनि नपाउने र भोकै मर्ने अवस्था आउने नेपाली बताउँछन्।

“जहाँ गएपनि मर्ने नै हो भने, हामीलाई यहीँ (क्वारेन्टाइनमा) मर्न दिनुस, यही मारिदिनुस्”, एक नेपाली भन्छन्, “तर, हामीलाई यहाँबाट जाउ नभन्नुस्।”

जवाफमा भारतीय महिलाले १५/२० दिन राखेर खान बस्न दिएको उल्लेख गर्दै अब नसकिने बताउँछिन्। भिडिओमा भारतीय सुरक्षाकर्मी समेत देखिन्छन्। उनले समेत क्वारेन्टाइनबाट पठाउने कुरा गर्छन्।

“दुई बजेपछि हमी यहाँको (क्वारेन्टाइनको) गेटबाट बाहिर छाडिदिन्छौँ, यसको मतलब यो होइन कि हामी वनबासासम्म (नेपाल–भारत सीमानाका) छोडिन्दिछौँ”, उनी भन्छन्।

नेपालीहरूलाई खुवाउनका लागि भारत सरकारसँग पैसा नभएको भारतीय महिला बताउँछिन्। उनी त्यतिमा रोकिन्न्। अगाडि भन्छिन्–“तिमीहरूलाई यहाँ भारत सरकारले डोली चढाएर, पक्राउ गरेर ल्याएको त होइन नि। तिमीहरू पैसा कमाउन आएका हौ। पैसा कमाउन आएकालाई निःशुल्क खान, बस्न दिन सक्दैनौँ। तिमीहरू यहाँबाट जानु आवश्यक छ।”

क्वारेन्टाइनबाट निकाल्ने भए सीमानाकासम्म पुर्‍याइदिन नेपालीहरूले माग गर्छन्।

“यहाँ बस्न पनि नदिने, काम गर्न पनि नदिने हो सीमासम्म पुर्‍याइदेऊ”, एक नेपाली भन्छन्। तर, जवाफ ती भारतीय महिलालई सामासम्म पुर्‍याउन नसक्ने बताउँछिन्। सीमामा भीड गराउन नसक्ने उनी बताउँछिन्।

त्यतिमात्र होइन बाहिर जथाभावी घुमे आजीवन जेल हाल्ने उनको चेतावनी पनि भिडिओ सुन्न सकिन्छ।

सरकारले भारततर्फ रहेका नेपाली मजदुरलाई त्यहाँको सरकारले खान–बस्नको व्यवस्था गर्नेगरी समन्वय गरेको बताएको छ। नेपालतर्फ रहेका भारतीय मजदुरलाई आफूहरूले खान–बस्नको व्यवस्था गरेको केहीदिन पहिले अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका थिए।

पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि भारत सरकारसँग समन्वय गरिएको बताउँदै कुनैपनि नेपालीलाई समस्या नपर्ने बताएका थिए। तर, अहिले सामाजिक सञ्जाल भाइरल भइरहेको भिडिओले प्रश्न गर्छ–के भारतमा रहेका नेपाली मजदुरबारे सरकार साँच्चै गम्भीर छ ?

" /> काठमाडौं। विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरस संक्रमणको विस्तार रोक्न लकडाउन गरिएको छ।

"> भारतीय क्वारेन्टाइनबाट अपमानपूर्वक निकालिए नेपाली (भिडिओसहित): Dekhapadhi
भारतीय क्वारेन्टाइनबाट अपमानपूर्वक निकालिए नेपाली (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्