काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले विषम् परिस्थितिको कारण हुन सक्ने अपराध र साम्प्रदायिक दंगालगायतका घटनाप्रति उच्च संवेदनशील भई काम गर्न सातवटै प्रदेशका प्रहरी प्रमुखहरूलाई निर्देशन दिएका छन्।
भिडिओ कन्फ्रेन्समार्फत् सातवटै प्रदेश प्रहरी प्रमुखहरूलाई निर्देशन दिँदै उनले बाढी, पहिरो, हावाहुरी, खडेरीलगायतका प्राकृतिक प्रकोपहरू समेत आउन सक्ने मौसम भएकाले प्रहरी जनशक्तिको परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिए।
आईजीपी ज्ञवालीले लकडाउन कार्यान्वयन, शान्ति सुरक्षाको वर्तमान अवस्था एवं समसामयिक विषयमा अन्तर्क्रिया गरेका हुन्।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ का कारण सिर्जना भएको विषम् परिस्थितिमा लकडाउन कार्यान्वयन गर्न अग्रपंक्तिमा खटिएर काम गर्न उनले निर्देशन दिएका छन्।
“यस्तो परिस्थितिमा खटिएका प्रहरी कर्मचारीहरूको स्वास्थ्य स्थितिप्रति प्रदेश प्रहरी नेतृत्व अझै संवेदनशील हुनुपर्छ”, उनले भनेका छन्, “प्रहरी कर्मचारीलाई आवश्यक मास्क र स्यानिटाइजर तथा अग्रपंक्तिमा खटिएका प्रहरीका लागि आवश्यकताअनुसार पीपीईसमेतकाे व्यवस्था गरिनेछ।”
सीमा क्षेत्रमा थप सक्रियता अपनाउनुपर्ने तर्फ जोड दिँदै जिल्ला प्रशासन कार्यालय र अन्य सुरक्षा निकायहरूसँग समन्वय र सम्बन्धको माध्यमबाट सीमा व्यवस्थापन गर्न पनि आईजीपी ज्ञवालीको सुझाव छ।
सम्बन्धित प्रदेशको समस्या र आवतजावत उक्त प्रदेशभित्र नै समाधान गरी अन्तर प्रदेश र अन्तरजिल्लामा आवतजावत पूर्णरूपमा बन्द गरी एम्बुलेन्सलगायत अतिसंवेदनशीललाई मात्रै अनुमति दिनेतर्फ ध्यान दिन सबैलाई निर्देशन दिए।
" /> काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले विषम् परिस्थितिको कारण हुन सक्ने अपराध र साम्प्रदायिक दंगालगायतका घटनाप्रति उच्च संवेदनशील भई काम गर्न सातवटै प्रदेशका प्रहरी प्रमुखहरूलाई निर्देशन दिएका छन्।भिडिओ कन्फ्रेन्समार्फत् सातवटै प्रदेश प्रहरी प्रमुखहरूलाई निर्देशन दिँदै उनले बाढी, पहिरो, हावाहुरी, खडेरीलगायतका प्राकृतिक प्रकोपहरू समेत आउन सक्ने मौसम भएकाले प्रहरी जनशक्तिको परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिए।

">