काठमाडौं। पर्साको वीरगञ्ज महानगरपालिका-३ छपकैयाका आज संक्रमित भएका १७ जना सबै एकै परिवारका सदस्य रहेको पाइएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आज गरिएको परीक्षणका क्रममा २ महीनाको शिशुसहित १७ जनामा संक्रमण पुष्टि भएको हो।
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले १७ जना सबै एकै परिवारका व्यक्ति रहेको पुष्टि गरे।
“उनीहरू दश दिनअघि संक्रमित भएका पुरुषकै घर परिवारका सदस्य हुन्”, उनले भने, “उनीहरू सबैलाई अस्पताल ल्याउने तयारी भइरहेको छ।”
मेयर सरावगीले संक्रमणको जोखिम बढिरहेको भन्दै सरकारले परीक्षणको दायरा तीव्र पार्नुपर्ने माग गरे।
“हामीले शुरूदेखि नै परीक्षण व्यापक बनाउन भनिरहेका छौँ”, उनले भने, “जति परीक्षण धेरै गर्न सक्यो त्यति संक्रमण भए/नभएको थाहा हुन्छ र सावधानी अपनाउन सकिन्छ।”
१४ वैशाखमा ती पुरुषमा संक्रमण पुष्टि भएपछि उनका परिवारका सदस्य र सम्पर्कमा रहेका मानिसहरूको थ्रोट स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि काठमाडौं ल्याइएको थियो।
आज वीरगञ्जमा भेटिएका संक्रमितसहित नेपालमा संक्रमितको संख्याको ९९ पुगेको छ।
" /> काठमाडौं। पर्साको वीरगञ्ज महानगरपालिका-३ छपकैयाका आज संक्रमित भएका १७ जना सबै एकै परिवारका सदस्य रहेको पाइएको छ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आज गरिएको परीक्षणका क्रममा २ महीनाको शिशुसहित १७ जनामा संक्रमण पुष्टि भएको हो।

">