काठमाडौं। बहराइनमा २४५ जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ।
पछिल्ला पाँच दिनमा मात्र ८८ जना संक्रमित थपिएका बहाराइनस्थित् नेपाली दूतावासले जनाएको छ।
बहराइनमा ३० अप्रिलसम्म १७५ नेपाली संक्रमित भएकामा आज ५ मेसम्म संक्रमित नेपालीको संख्या २४५ पुगेको हो।
बहाराइनमा जम्मा संक्रमितको संख्या एक हजार ९५० छ। यसमा एक हजार ७६२ जना निको भएर घर फर्किसकेका छन् भने अहिलेसम्म ८ जनाको मृत्यु भएको छ।
बराइनमा अहिलेसम्म एक लाख ५५ हजार ५०१ जनामा कोरोना परीक्षण भएको छ।
नेपाली दूतावासले बहराइन सरकारले जारी गरेको सबै नियम पालना गर्न त्यहाँस्थित् नेपालीहरूलाई अपील गरेको छ।
संक्रमण प्रसार नियन्त्रणमा नआउँदासम्मका लागि पाँचजना भन्दा धेरै भेला नहुन, पार्क तथा समुन्द्रहरूमा घुम्न नजान र सकेसम्म अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन दूतावासले अपील गरेको छ।
क्वारेन्टाइन अवज्ञा गरेको पुष्टि भएमा बहराइन सरकारले तीन महीनासम्म जेल सजाय अथवा बहराइनी डिनार एक हजारदेखि दश हजारसम्म जरिवाना वा दुवै सजाय हुने सूचना जारी गरेकाले सचेत रहन भनिएको छ।
ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने लक्षण देखिएमा बहराइनको टोल फ्री नम्बर ४४४ वा दूतावासमा सम्पर्क गर्न आग्रह गरिएकोछ।
" /> काठमाडौं। बहराइनमा २४५ जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ।

">