काठमाडौं। लकडाउनका कारण नेपालमा चिनीको बिक्री घटेपछि चीनि उत्पादन गर्ने उद्योगहरू संकटमा परेका छन्। उत्पादित चिनीको बिक्री लकडाउनका कारण झण्डै ८० प्रतिशतले घटेपछि स्वदेशी चिनी उद्योगहरू संकटमा परेका हुन्।
उत्पादित चिनी बिक्री नहुँदा उद्योगहरूको उत्पादन लागत नै नउठेपछि सबै स्वदेशी उद्योग संकटमा परेको चिनी उद्योग संघले बताएको छ। लकडाउनको समयमा घरायसीबाहेक औद्योगिक र व्यावसायिक माग घटेको छ।
संघका अध्यक्ष सशिकान्त अग्रवालले औद्योगिक र व्यावसायिक माग घटेकाले उद्योगहरू संकटमा परेको बताए।
“उद्योगहरूको लागत नै नउठ्ने अवस्था आएपछि स्वदेशी उद्योग आर्थिक संकटमा पर्न थालेका छन्। नेपालको भन्दा सस्तो चिनी भारतबाट आउँदा समेत समस्या भएको छ।”
लकडाउनका कारण सफ्ट पेय पदार्थको माग घटेको र त्यसको उत्पादन घटेकाले चिनीको माग पनि घटेको हो। कोकाकोला, पेप्सी, फ्यान्टा, फ्रुटी, रियल जस्ता जुसको बिक्री घटेको छ।
ती, जुसको उत्पादन घट्दा औद्योगिक प्रायोजनका लागि प्रयोग हुने चिनीको माग घटेको हो। त्यसैगरी, होटल तथा रेष्टुराँ क्षेत्र बन्द हुँदा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने चिनीको माग समेत घटेको छ।
यसका साथै, सीमा क्षेत्रबाट अवैध बाटो हुँदै भारतीय चिनी आयात हुँदा समेत नेपालमा उत्पादित चिनीको बिक्री घट्दै गएको छ।
खासगरी, भारतमा उत्पादित चिनीको बजार मूल्य नेपालमा उत्पादित चिनीको तुलनामा सस्तो हुँदा यस्तो भएको हो।
वार्षिक खपत २ लाख ५० हजार मेट्रिक टन
नेपालको वार्षिक चिनी खपत क्षमता २ लाख ५० हजार मेट्रिक टन हो। तर, नेपालमा रहेका चिनी उद्योगहरूले यस वर्ष १ लाख ५० हजार मेट्रिक टन चिनी उत्पादन गरेको संघले बताएको छ।
सोही आधारमा नेपालले अन्य मुलुकबाट १ लाख मेट्रिक टन चिनी आयात गर्नुपर्ने बताइएको छ। तर, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको अध्ययन समितिले भने यस वर्ष ७५ हजार मेट्रिक टन चिनी आयात गर्नुपर्ने प्रतिवेदन बुझाएको थियो।
उक्त समितिमा सरकारी तथा निजी क्षेत्रका प्रतिनिधहरूको सहभागिता रहेको थियो। सोही, प्रतिवेदनका आधारमा लकडाउनअघि नेपालमा २० हजार मेट्रिक टन चिनी आयात भइसकेको थियो।
वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालका अनुसार अब नेपालका चिनी आयातकर्ताहरूले ५० हजार मेट्रिक टन चिनी आयात गर्न पाउँछन्। तर, लकडाउनले माग घटेकाले त्यो परिमाणमा चिनी आयात नगरेपनि नेपालको माग धान्ने मन्त्रालयले बताएको छ।
नेपालले चिनी आयातमा परिमाणात्मक बन्देज लगाएकाले सरकारले सिफारिस गरेको भन्दा बढी चिनी आयात गर्न पाइँदैन।
" /> काठमाडौं। लकडाउनका कारण नेपालमा चिनीको बिक्री घटेपछि चीनि उत्पादन गर्ने उद्योगहरू संकटमा परेका छन्। उत्पादित चिनीको बिक्री लकडाउनका कारण झण्डै ८० प्रतिशतले घटेपछि स्वदेशी चिनी उद्योगहरू संकटमा परेका हुन्।उत्पादित चिनी बिक्री नहुँदा उद्योगहरूको उत्पादन लागत नै नउठेपछि सबै स्वदेशी उद्योग संकटमा परेको चिनी उद्योग संघले बताएको छ। लकडाउनको समयमा घरायसीबाहेक औद्योगिक र व्यावसायिक माग घटेको छ।

">