काेभिड-१९ बाट बढी प्रभावित देशमा एनआरएनएकाे सहयाेग
<p>काठमाडाैं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड-१९ बाट बढी प्रभावित देशमा आर्थिक सहयोग गरेको छ।</p>
<p>एनआरएनएका महासचिव डा. हेमराज शर्माका अनुसार कोरोना भाइरसबाट बढी प्रभावित देशमध्येका थप पाँच देशका लागि संस्थाले आर्थिक निकासा दिएको हो।</p>
<p>आर्थिक सहयोग पाउने देशमा बहराइन, स्पेन, पोर्चुगल र इटाली पाँचपाँच हजार तथा माल्टा तीन हजार अमेरिकी डलर रहेको एनआरएनए, कोभिड-१९ उच्चस्तरीय समन्वय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।</p>
<p>संस्थाले पहिलो चरणमा कुवेत, संयुक्त अरब इमिरेट्स, साउदी अरब र साइप्रसमा रहेका संस्थाका राष्ट्रिय समितिमार्फत् आर्थिक सहयोग वितरण गरेको थियो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्