अध्यागमनको महत्वपूर्ण डाटा निजी कम्पनीको कब्जामा
काठमाडौं। अध्यागमनसम्बन्धी संवेदनशील तथ्यांकहरू पाँच वर्षदेखि एक निजी कम्पनीको कब्जामा छ।

सन् २०१४ देखि अध्यागममनका सबै यात्रुको विवरण फोकसवान नाम आइटी कम्पनीले नियन्त्रणमा राखेको हो।

सो डाटा दुरुपयोगसमेत भएको अध्यागमन अधिकारीहरुको आशंका रहेको आजको नयाँ पत्रिकामा समाचार छापिएको छ।

सो कम्पनीले सन् २०१४ मा अध्यागमनको सफ्टवेयर बनाउने जिम्मेवारी पाएको थियो। तत्कालीन महानिर्देशक शरदचन्द्र पौडेलको कार्यकालमा सो सफ्टवेयर निर्माणका लागि कोटेसनको आधारमा सम्झौता गरिएको थियो।

त्यससपश्चात कम्पनीले अध्यागमनको सम्पूर्ण डाटामा आफ्नो कब्जा जमाएको हो। त्यसयता फोकसवानले बनाएको इमी नामक सफ्टवेयरमा सबै यात्रुको डाटा रहँदै आएको छ। जब कि त्यो डाटामा अध्यागमन अधिकारीहरुको पहुँच नै छैन।

सोही कम्पनीसँग विभागले वार्षिक रूपमा दुई लाखको हाराहारीमा मर्मतको सम्झौता पनि गर्दै आएको छ।

“विजुली र धाराको मर्मत गर्नेले नै वर्षमा त्यो भन्दा धेरै लिने गरेका छन्,” विभागका एक अधिकारी भन्छन्, “किन उनीहरुले यति सस्तोमा सम्झौता गरे भन्नेमा आश्चर्य लागेको छ।”

लामो प्रयासपछि हालै सरकारले सो कम्पनीबाट अध्यागमनको डाटा आफ्नो नियन्त्रणमा लिने प्रयास थालेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्