काठमाडौं। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को संक्रमण नेपालमा पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ।
९ माघमा पहिलो संक्रमित देखिए यता २४ वैशाखसम्म आइपुग्दा ९९ जनामा संक्रमण देखिएको छ। यो तीन महीनाको अवधिमा देशभर पीसीआर विधिबाट १४ हजार ९६ नमूना मात्रै परीक्षण गरिएको छ।
नेपालमा अहिले उदयपुर, वीरगञ्ज र नेपालगञ्जमा सबैभन्दा धेरै जोखिम देखिएको छ। कोरानाको हटस्पट बनेका यी क्षेत्रमा अझै सरकारले परीक्षणको दायरा बढाउन सकिरहेको छैन।
जनस्वास्थ्य विज्ञहरू जोखिम बढी भएका क्षेत्रमा आरडीटी भन्दा पनि पीसीआर विधिबाट परीक्षणको दायरा बढाउन सुझाव दिइरहेका छन्। संक्रमित बढी देखिएका जिल्लाहरूबाट पनि परीक्षणको दायरा बढाउन माग भइरहेको छ।
आजै एकैदिन वीरगञ्जमा १७ जनामा संक्रमण देखिएपछि वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले परीक्षणको दायरा बढाउन माग गरे। उनले पीसीआर विधिबाट परीक्षण गर्ने उपकरण अभाव देखिएको र माग भइरहे पनि अहिलेसम्म पूर्ति नभएको बताए।
परीक्षण किटको अभाव रहेकै बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूको भने पीसीआर परीक्षण गरिँदैछ। २६ वैशाखमा संसद्को बजेट अधिवेशन आह्वान गरिएको छ।
संसद्को बजेट अधिवेशनका बैठकमा एक सांसद र अर्को सांसदबीचमा दुई कुर्सी खाली गरेर राख्ने तयारी गरिएको छ। बैठकमा जाँदा सबै सांसदहरूलाई अनिवार्य मास्क लगाउन भनिएको छ।
“मास्क लगाएर प्रवेश गर्न र संसद भवन बाहिर हात धुन साबुन पानीको व्यवस्था गरिएको छ”, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले भने, “सांसदहरूको पीसीआर विधिबाट परीक्षण पनि गरिँदैछ।”
उनले २३ वैशाखमा बसेको संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठकले नै पीसीआर परीक्षण गर्ने निर्णय गरेको जानकारी दिए।
सांसदहरूले सभामुखलाई भेटेर पीसीआर परीक्षण गरेर मात्रै संसद्को बजेट अधिवेशनमा सहभागी हुने व्यवस्था मिलाउन माग गरेपछि उक्त निर्णय भएको हो। त्यसपछि स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा २५ वैशाख बिहान १० बजेदेखि राष्ट्रिय सभाका र ११ बजेदेखि प्रतिनिधि सभाका सांसदहरूको संसद भवन, नयाँ बानेश्वरको ल्होत्से हलमा पीसीआर परीक्षण गरिन लागिएको छ।
सांसदहरू न त जोखिमयुक्त क्षेत्रबाट नै फर्किएका छन्। न कुनै संक्रमितको सम्पर्कमा नै देखिएका छन्। तर, पनि उनीहरूको पीसीआर विधिबाट परीक्षण गर्न लागिएको छ। जोखिमयुक्त क्षेत्रमा परीक्षणका लागि किटको अभाव भइरहेका बेला संघीय संसद्का सांसद, कर्मचारी र सुरक्षाकर्मीहरूको पनि परीक्षण गर्न लागिएको हो।
जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेय संक्रमणको जोखिम भएको क्षेत्र र संक्रमित देखिएका व्यक्तिहरूको सम्पर्कमा रहेका भए पीसीआर परीक्षण गर्नु आवश्यक हुने बताउँछन्।
“कोभिडको संक्रमण धेरै देखिएको क्षेत्रमा पर्याप्त पीसीआर परीक्षण गर्न किट अभाव देखिएको छ”, उनले भने, “जोखिम क्षेत्रमै नगएको, संक्रमित व्यक्तिको सम्पर्कमा नआएको वा कुनै लक्षण नै नभएको व्यक्तिलाई पीसीआर विधिबाट परीक्षण गरिनु आवश्यक हुँदैन।”
उनले संक्रमण हुन सक्ने कुनै सम्भावना नै नभएका चार/पाँच सय व्यक्तिहरूलाई पीसीआर विधिबाट परीक्षण गर्नुको साटो जोखिमयुक्त क्षेत्रमा उक्त परीक्षण गर्नु उचित हुने सुझाव दिए।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जोखिमयुक्त क्षेत्रमा परीक्षण किट पठाउन समस्या भइरहेका बेला संसद्का सांसद, कर्मचारी र सुरक्षाकर्मीहरू गरेर चार/पाँच सय जनाको पीसीआर परीक्षण गर्दा झन अभाव हुने बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि संक्रमित पुष्टि भएका व्यक्तिको परिवार, नजिकैको सम्पर्कमा रहेका व्यक्ति र आसपास क्षेत्रका शंकास्पद व्यक्तिहरूको मात्रै पीसीआर परीक्षण गर्दै आइरहेको छ।
" /> काठमाडौं। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को संक्रमण नेपालमा पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ।९ माघमा पहिलो संक्रमित देखिए यता २४ वैशाखसम्म आइपुग्दा ९९ जनामा संक्रमण देखिएको छ। यो तीन महीनाको अवधिमा देशभर पीसीआर विधिबाट १४ हजार ९६ नमूना मात्रै परीक्षण गरिएको छ।

">