काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि, २५ वैशाख साँझ दीप प्रज्ज्वलन गर्न अपील गरेका छन्।
कोरोना महामारी नियन्त्रणका लागि अग्रभागमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकको सम्मानमा २५६४औं बुद्धजयन्तीका अवसरमा भोलि साँझ सात बजे दीप प्रज्ज्वलन गर्न प्रधानमन्त्रीले अपील गरेका हुन्।
‘महामारीविरुद्धको लडाइँमा अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकहरूप्रति उच्च सम्मानस्वरूप, संक्रमितहरूको शीघ्र स्वास्थ्यलाभका लागि, मृत्युवरण गर्नुभएकाहरूको शान्तिका लागि वैशाख २५ गते साँझ सात बजे दीप प्रज्ज्वलन गरौँ’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा अपीलको तस्वीर शेयर गर्दै भनेका छन्।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि, २५ वैशाख साँझ दीप प्रज्ज्वलन गर्न अपील गरेका छन्।

">