काठमाडौं। आज एकैदिन १७ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि पर्साको वीरगञ्ज महानगरपालिका–३, छपकैया आसपासको क्षेत्र सिल गरिएको छ।
प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले संक्रमित देखिएको क्षेत्र र भारतसँग सीमा देखिएको क्षत्रे सिल गर्ने निर्णय गरेको हो।
पूर्वमा रजत जयन्ती चोक, इदगाहचोक, छपकैया बिट चोक, मालपोत चोक, पश्चिममा छपकैया बजार चोक, सिर्सिया पुल चोक, सिर्सिया भन्सार, उत्तरतर्फ एमबीएस स्कुल, पानी ट्यांकी चोक, युक्तिसुधार केन्द्र, बहिपुल, दक्षिणतर्फ वीरगञ्ज महानरपालिका १ र २ का भारतसँग सीमा जोडिएका सीमा क्षेत्रसहित वडा नम्बर १, २ र ३ का इलाकाहरू समेटिने गरी सिलबन्दी गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
यसैगरी, पावर हाउस चोकदेखि रजत जयन्ती चोकसम्मको सडकमा बिहान ५ बजेदेखि साँझ ७ः३० बजेसम्म एम्बुलेन्स, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी ओसारपसार गर्ने अस्पतालका सवारी साधन र अत्यावश्यक अवस्थामा जिल्ला प्रशासन कार्यालयले पास जारी गरेका बाहेकका अन्य सबै प्रकारका सवारी साधनहरू (साइकल, मोटरसाइकल, टेम्पो, रिक्सा, बयलगाडा, टाँगा, बस, ट्रक, टिप्पर, ट्याक्टर आदि) सञ्चालन, प्रयोग गर्न पूर्ण रूपमा निषेध गर्ने पनि बैठकले निर्ण गरेको छ।
यसैगरी, कोभिड–१९ पोजिटिभ देखिएका व्यक्तिहरूको सम्पर्कमा आएका सबै व्यक्तिको शीघ्र कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षणलाई तीब्र पार्ने, कृषि उत्पादन, खाद्यान्न तथा अन्य वस्तुको ढुवानी यसअघि गरेको निर्णय अनुसार नै गर्न दिने र यसका लागि पासको आवश्यकता नपर्ने प्रशासनले जनाएको छ।
औषधि उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरलाई बाहिर निस्कन निषेध गर्ने पनि बैठकले निर्णय गरेको छ।
पढ्नुहोस्
आज संक्रमण पुष्टि भएका वीरगञ्जका १७ जना एकै परिवारका सदस्य
वीरगञ्जमा दुई महीने शिशुमा पनि कोरोनाको संक्रमण
" /> काठमाडौं। आज एकैदिन १७ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि पर्साको वीरगञ्ज महानगरपालिका–३, छपकैया आसपासको क्षेत्र सिल गरिएको छ।प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले संक्रमित देखिएको क्षेत्र र भारतसँग सीमा देखिएको क्षत्रे सिल गर्ने निर्णय गरेको हो।

">