ताताेपानी नाकाबाट चिनियाँ सामग्रीको निर्वाध आयात गर्न दिने सहमति
<p>सिन्धुपाल्चाेक। सामग्री आयात गर्दा ‘स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने’ शर्तसहित तातोपानीबाट सबैखाले चिनियाँ सामग्रीको निर्वाध आयात गर्न दिन स्थानीयले सहमति जनाएका छन् ।</p>
<p>आज तातोपानी भन्सार उद्योग वाणिज्य संघ, नेपाल सिमापार व्यापार संघ, भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल र छिमेकी बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाेलगायत विभिन्न व्यक्तिसँग नाकामा बसेको बैठकमा चिनियाँ सामग्री आयातमा अवरोध नपुर्‍याउने सहमति जुटेको हो।</p>
<p>चिनियाँ सामग्रीको आयात गर्दा अब कुनै अवरोध नपुर्‍याउने सहमति भएको प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले जानकारी दिए। आज आठ कन्टेनर कृषिजन्य सामग्री नाका आइपुगेका छन्।</p>
<p>स्थानीयले चीनबाट ल्याइएका स्याउ र लसुनबाट कोरोना सर्न सक्छ भन्दै भन्सारमा आइपुगेका ती गाडी काठमाडौँ जान नदिने बताउँदै भन्सार गेटमा धर्ना दिँदै आएका थिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्