अमेरिकामा लकडाउन उल्लंघन गर्ने सैलुन सञ्चालक जेलमा
<p>डल्लास। कोरोना भाइरसको संक्रमणबाट नागरिकलाई बचाउन सरकारले लागू गरेको लकडाउनको नियम उल्लंघन गरेको अभियोगमा अमेरिकाको डल्लासमा एक सैलुन सञ्‍चालकलाई जेल सजाय दिइएको छ।</p>
<p>समाचार एजेन्सी एसोसिएट प्रेसका अनुसार सेल्ली लुथर नामकी ती सैलुन सञ्‍चालकले निरन्तर लकडाउन उल्लंघन गर्दै व्यवसाय खोल्दै आएकी थिइन्।</p>
<p>स्थानीय समयअनुसार गत मंगलबार अपराह्न भएको भिडिओ सुनुवाइपछि उनलाई काउन्टी जेलमा पठाइएको हो। उनीमाथि अदालतको मानहानी गरेको अभियोग पनि लागेको थियो।</p>
<p>गभर्नर ग्रेग अबोटले सैलुनहरू शुक्रबार मात्र खुला गर्न सकिने गरी लकडाउनलाई खुकुलो बनाउने घोषणा गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्