ट्रम्पको अर्को दाबीः कोभिड-१९ अमेरिकामाथिको आक्रमण
<p>वासिङ्टन। अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्प हरेक दिन केही न केही तर्क अगाडि सार्छन् अनि विवादमा पनि पर्छन्। </p>
<p>संसारका अधिकांश मुलुक कोरोना भाइरस संक्रमणमा रहेका बेला ट्रम्पले हिजो त्यस्तै विवादास्पद अभिव्यक्ति दिए। उनको भनाइ थियो, ‘कोरोना भाइरस अमेरिकामाथिको सबैभन्दा खराब आक्रमण हो।’</p>
<p>कोरोना भाइरसलाई हतियार कुन मुलुकले अमेरिकामाथि आक्रमण गर्‍यो भनेर उनले तोकेनन्। तर, चीनले समयमै भाइरसविरुद्ध कदम उठाएको भए यसले विश्‍वव्यापी महामारीको रूप नलिने दाबी गरे।</p>
<p>उनले दोस्रो विश्‍वयुद्धको दौरान जापानी बमवर्षक विमानहरूले अमेरिकाको पर्ल हार्बर द्विपमा गरेको आक्रमण र न्युयोर्कको वर्ल्ड ट्रेड टावरमा भएको आतंकवादी हमलासँग कोरोना भाइरस संक्रमणलाई तुलना गरे। र, चीनलाई आरोपित गर्नमा आफ्नो प्रयासलाई अगाडि बढाउने अभिव्यक्ति पनि दिए।</p>
प्रतिक्रिया दिनुहोस्