कोभिड-१९ : ब्राजिलमा २४ घण्टामा ६ सय १५ को मृत्यु
<p>ब्रासिलिया। दक्षिण अमेरिकी देश ब्राजिलमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का कारण ६ सय १५ जनाले ज्यान गुमाएका छन्। </p>
<p>यो आँकडा दक्षिणी गोलार्द्धका कुनै मुलुकमा कोभिड-१९ का कारण भएको मृत्युको सबैभन्दा बढी हो। </p>
<p>ब्राजिलका स्वास्थ्यमन्त्रीले कोरोना भाइरसको सबैभन्दा बढी प्रभावित शहरहरूमा लकडाउनका नियमलाई अझ कडा बनाउने नीति सरकारले अख्तियार गर्न लागेको बताए।</p>
<p>जोन हकिन्स विश्‍वविद्यालयका अनुसार ब्राजिलमा हालसम्म कोभिड-१९ का एक लाख २५ हजार बिरामी फेला परेका छन्। यस्तै, आठ हजार पाँच सय जनाको मृत्यु भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्