डिस्इन्फेक्टेन्ट मानिसको शरीरमा छर्नुहुन्न भन्नेमा महानगरपालिका सचेत थियो। तर केही समय अघिदेखि मानिसमा डिस्इन्फेक्टेन्ट नै छरिएको देखिन थाल्यो। विभिन्न संस्थाले काठमाडौंको न्यूरोड, कलंकीलगायत क्षेत्रमा मानिसमै डिस्इन्फेक्टेन्ट छरेको फोटो र भिडिओ भाइरल भयो।
मानिसमा डिस्इन्फेक्टेन्ट छरिएको यो नै पहिलो घटना भने थिएन। यो दृश्य सबैभन्दा पहिले कोरोना भाइरस संक्रमण जाँच भइरहेका अस्पतालहरूमै देखिन थालेको थियो।
यो शृंखला सुरु भएको थियो, मारवाडी युवा मञ्चले बनाएर अस्पताललाई हस्तान्तरण गरिएको स्यानिटाइजर बुथ वा डिस्इन्फेक्टेन्ट बुथबाट। यो बुथ टर्कीको एक भिडिओ हेरेर बनाएको मञ्चका अध्यक्ष प्रवीन अग्रवाल बताउँछन्। “यो समयमा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राखेर सहयोग गर्ने मनसायले यो बुथ बनाएका हौँ,” अग्रवाल भन्छन्, “हामीले बुथ मात्रै बनाएका हौँ, यसमा प्रयोग हुने केमिकल उहाँहरू आफैंले हाल्नुहुन्छ। के हाल्नुहुन्छ, हामीलाई थाहा छैन।”
अग्रवालका अनुसार मारवाडी युवा मञ्चले यो विपतको समयमा केही सहयोग गर्न चाहन्थ्यो। के सहयोग गर्न सकिन्छ भनेर खोज्दा यस्तो बुथ बनाउने ‘आइडिया आएको’ अग्रवाल बताउँछन्।
यो बुथ मारवाडी युवा मञ्च, काठमाडौं, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ बी २ नेपाल र नेपाल मारवाडी ब्राह्मण सेवा संघ काठमाडौंको आर्थिक सहयोगबाट बनेको थियो। बुथको निर्माण गर्दा वा गरिसकेपछि यसको जाँच भएको छ। जस्तो बन्यो त्यो नै उनीहरूले अस्पताललाई हस्तान्तरण गरे।
शुरुमा बनाइएको बुथ टेकु अस्पताललाई २७ चैत २०७६ मा हस्तान्तरण गरिएको थियो भने ३० चैतमा वीर अस्पताललाई हस्तान्तरण गरिएको थियो। त्यस्तै नारायणी उपक्षेत्रीय अस्पताललाई ३ वैशाखमा, सेती प्रादेशिक अस्पताललाई ६ वैशाखमा र बर्दिया जिल्ला अस्पताललाई ७ वैशाखमा हस्तान्तरण गरिएको थियो।
वीर अस्पतालले बुथ पाउनासाथ प्रयोगमा ल्यायो। वीर अस्पतालका इन्टरनल मेडिसिन एचओडी एवं कोभिड म्यानेजमेन्ट टिम मेम्बर, फिजिसियन डाक्टर विधाननिधि पौडेलका अनुसार बुथमा कहिले ह्यान्ड स्यानिटाइजर त कहिले ०.०५ प्रतिशत सोडियम हाइपोक्लोराइडको प्रयोग गरेर मानिसहरूलाई नै स्यानिटाइज गरिने काम भयो।
“सोडियम हाइपोक्लोराइडले मानिसलाई क्यान्सर लगाउन सक्छ,” डा. पौडेल भन्छन्, “मानव शरीरलाई नै असर गर्न थालेपछि यसको प्रयोग हटाएका छौँ।”
सोडियम हाइपोक्लोराइड सामान्यतया भूईं, कपडाहरू र अन्य सामान सफा गर्न प्रयोग गरिने डाक्टर पौडेलले जनाए। तर बुथ बनेपछि मानिसको शरीरमा छर्न समेत यसको प्रयोग गरिएको थियो।
अस्पतालले नै यस्ता बुथहरूको प्रयोग गर्न थालेपछि विभिन्न संघसंस्था वा व्यक्तिगत रूपमा बुथहरू बनाउन थाले। तर ती बुथ कति आवश्यक र सुरक्षित छन् भन्नेबारे कसैले पनि वास्ता गरेन। बरु सरकारी निकायहरूमा पनि यस्ता बुथ पुग्न थाले। जहाँ क्लोरिनलगायत रसायनको प्रयोग हुन थाल्यो। यसबारे विभिन्न मिडियाले समाचार प्रकाशन गरे।
समाचारमा यस्ता बुथको तस्वीर आउन थालेपछि अरूलाई पनि बनाउन रहर बढ्यो। टेलिभिजनमै देखेको भरमा ललितपुरको ललित मेटल वेल्डिङ वक्र्सका सुन्दर महर्जनले पनि फलामकै स्यानिटाइजर बुथ बनाए। उनले फेसबुकमार्फत् १७ वैशाखमा तयार भएको बुथको फोटो र भिडिओसहित लामो स्टाटस लेखे। जसमा यो बुथ भवन वा पार्किङमा राख्न मिल्ने भनेर लेखेका थिए। उनले पनि इन्टरनेटमा पाइने सामग्रीहरू हेरेरै त्यो बनाउन सिकेको बताए।
“खासमा मेरो काम फर्निचरको हो, टीभीमा देखेपछि मैले पनि बनाउन सक्छु भनेर बनाएँ,” महर्जन भन्छन्, “फलाम, स्टिल, धाराको पाइप र मोटरहरू प्रयोग गरेर बनाएको हुँ। अहिले अर्डर आइरहेको छ। सरकारले केमिकल प्रयोग गर्न हुन्न भनेपछि मलाई सम्पर्क गर्नेलाई यसमा केमिकल प्रयोग गर्न हुन्न भन्ने गरेको छु।” उनी एउटा बुथको ४५ हजारदेखि ५० हजारसम्म पर्ने बताउँछन्।
बुथको रहर यसरी बढ्यो कि कोभिड-१९ सँग जुध्न पीपीई बनाएर सहयोग गरेको राष्ट्रिय आविष्कार केन्द्रले समेत स्यानिटाइजर टनेल बनाउन शुरु गर्यो। तर केमिकलले स्वास्थ्यमा असर पुर्याउने भनेर चर्चा भएपछि भने त्यो योजना बन्द भयो।
केमिकलको गलत प्रयोग
अस्पतालमा बुथ बनाएर डिस्इन्फेक्टेन्ट प्रयोग गर्दासम्म त्यसमा प्रयोग हुने रसायनबारे प्रश्न उठेको थिएन। तर केही दिनअघि काठमाडौंको न्युरोडमा मानिसको शरीरमा नै रसायन छरिएको तस्वीर सामाजिक सञ्जालमा चर्चित भएपछि यसबारे प्रश्न उठ्यो।
अनमोल फ्यासिलिटी क्लिनर्स प्रालिले काठमाडौका विभिन्न ठाउँमा मानिसहरूलाई नै रसायन छर्किएको तस्वीर, भिडिओ सार्वजनिक भएपछि विवाद उत्पन्न भएको थियो।
तस्वीर र भिडिओमा महिला तथा बालबालिकामाथि रसायन छरिएको देखिन्छ। गाडीमा सवारदेखि बर्दीमा रहेका प्रहरीलाई समेत उनीहरूले रसायन छर्किएका छन्। उनीहरूले एकै दिन न्यूरोडलगायत कलंकी आदि १५, १६ ठाउँमा केमिकल छर्किएको प्रालिका बजार प्रबन्धक निश्चल घिमिरे बताउँछन्।
आफूहरूले एमडीएच फर्मास्युटिकलले उत्पादन गरेको भिर्काेन नामक रसायन प्रयोग गरेको घिमिरेले बताए। “हाम्रो क्लिनिङ कम्पनी हो। तर अहिले संकटको समयमा मानवतावादी सोच राखेर हामीले सार्वजनिक ठाउँमा केमिकलहरू मानिसमै पनि छर्किएका हौँ,” उनी भन्छन्, “हामीले केमिकल लिएको फर्मास्युटिकलले पनि यसले मानिसमा छर्किएर पनि केही नहुने बताएको थियो। हामीले आफ्नो टिमलाई हालेर मात्रै अरूलाई छर्किएका हौँ। पाँच वर्ष भन्दा कमका बालबालिकालाई हालेका छैनौँ। अरूले पनि मानिसलाई हालिदिएका छन्। तर हाम्रो मात्रै भाइरल भयो। कसैले चलखेल गरिदियो।”
चीन, इटालीलगायत देशमा पनि छरेको देखेको उनले बताए। तर यसले कति असर गर्छ भन्ने उनलाई ज्ञान छैन। साथै निश्चलका अनुसार फर्मास्युटिकलले नै उनीहरूलाई यो केमिकल मानिसमा समेत छर्किन हुने बताएको थियो। तर विवाद उत्पन्न भएपछि फर्मास्युटिकलले आफूले छर्किन नहुने बताएको भन्दै पन्छिन खोजेको र प्रालिलाई मात्रै दोषी देखाएको उनको गुनासो छ।
फर्मास्युटिकलका सञ्चालक दीपकप्रसाद दाहाल भने यस्तो कुनै प्रकारको केमिकल छर्किन मिल्ने नभनेको दाबी गर्छन्। उनीहरूले वितरण गरेको केमिकलको बोतलमै यो मानिसमा छर्न नहुने भनेर लेखिएको उनले दाबी गरे।
“हामीले अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट(ओइसिडी) को प्रोटोकल अनुसार उक्त केमिकल बनाएको हो। यसमा खाने नुन र स्विमिङ पुलमा समेत प्रयोग गरिने सोडियम क्लोराइड, पोटासियम पेरोक्सिमोनोसल्फेट मिसाइएको हुन्छ,” उनी भन्छन्, “यसले ल्याबमा, अस्पतालका अप्रेसन थिएटर वा घरमै पनि लुगाहरू धुन, भुईं पुछ्न सक्छौँ। यसले मानव शरीरलाई हानी त गर्दैन तर यसलाई शरीरमा छर्न हुन्छ पनि भनेका छैनौँ।”
अनमोल फ्यासिलिटी क्लिनर्स प्रालिले मात्रै नभई अन्य संघसंस्थाले पनि विभिन्न क्षेत्रमा केमिकलहरू शरीरमै छरिरहेका छन्। जसले कुनै पनि सरकारी संघसंस्थासँग सहकार्य गरेका छैनन्। मानिसहरूमा छर्किएका त्यस्ता रसायनहरूमा क्लोरिन वा अल्कोहलयुक्त पदार्थ छर्किएकाले यसले शरीरलाई असर गर्ने डा. रविन्द्र पाण्डे बताउँछन्।
उनका अनुसार मानिसको शरीरमा डिस्इन्फेक्टेन्ट छर्किनु गलत हो। उनी भन्छन्, “ठूलाठूला गाडीहरू वा कुनै सामानमा छर्किँदा हुन्छ, तर मानिसको शरीरमा छर्किनु गलत हो। यसले मानिसको शरीरमा नकारात्मक असर पुर्याउन जान्छ। यसले छाला, आँखा, कानमा समस्या देखिनुको साथै स्वासप्रश्वासमा समेत असर पुग्ने देखिन्छ। स्वास्थ्यमा तुरुन्तै असर नदेखिए पनि दीर्घकालिन रूपमा यसले असर पुर्याउँछ। यसको असरले मानिसमा पछि क्यान्सर समेत हुन सक्ने खतरा रहेको छ।”
नेपाल लगायत अन्य देशमा डिस्इन्फेक्टेन्ट मानवको शरीरमै छर्किने काम बढेपछि विश्व स्वास्थ्य संगठनले पनि क्लोरिन र अल्कोहल मानिसको शरीरमा छर्कन नहुने भन्दै सूचना जारी गरेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २३ वैशाखको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले मानिसको शरीरमा कोरोना भाइरस प्रवेश गरिसकेपछि शरीरमा गरिने कुनै पनि स्प्रेले भाइरस नमर्ने बताएका थिए। उनले भनेका थिए, “प्रायः पानीमा मिसाइने सोडियम हाइप्रोक्लोराइड र घरेलु ब्लिच कोरोलिनको झोल हो। भाइरसको बृद्धि मानिसको शरीरको कोषमा भइरहेको हुने भएकाले यस्ता झोल तथा औषधीले मानिसको आँखा, मुख, नाक आदिमा धेरै हानी गर्न सक्छ।”
संक्रमण रोग विशेषज्ञ डा अनुप सुवेदीका अनुसार मानिसले कोरोना भाइरस संक्रमणबाट बच्नको लागि साबुन पानीले हात धुने, मास्क लगाउने र सामाजिक दुरी कायम गर्नुबाहेक अन्य बिकल्प छैन। भन्छन्, “यदि संक्रमण नै भइहाल्यो भने पनि क्वारेन्टाइनमा राख्ने हो, यसरी भाइरस मार्न मानिसको शरीरमै डिस्इन्फेक्टेन्ट छर्ने होइन।”
" />डिस्इन्फेक्टेन्ट मानिसको शरीरमा छर्नुहुन्न भन्नेमा महानगरपालिका सचेत थियो। तर केही समय अघिदेखि मानिसमा डिस्इन्फेक्टेन्ट नै छरिएको देखिन थाल्यो। विभिन्न संस्थाले काठमाडौंको न्यूरोड, कलंकीलगायत क्षेत्रमा मानिसमै डिस्इन्फेक्टेन्ट छरेको फोटो र भिडिओ भाइरल भयो।

">