बुद्ध जयन्तीमा प्रधानमन्त्रीको सन्देश : महामारीविरुद्ध समझदारीपूर्ण ऐक्यबद्धता आवश्यक (भिडिओसहित)

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को महामारीविरुद्ध समझदारीपूर्ण ऐक्यबद्धता आवश्यक रहेको बताएका छन्।

महामारीविरुद्ध सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमका कारण स्थिति भयावह हुन नपाएको उल्लेख गर्दै प्रधानमन्त्रीले ‘तर, भयावह हुनसक्ने लक्षणहरू’ देखिएकामा सचेत गराएका छन्।

“कोरोना भाइरसले दुनियाँलाई एउटा नयाँ भयावह त्रासदीको स्थितिमा पुर्‍याएको छ। संक्रमित र ज्यान गुमाउनेहरूको संख्या बढ्दो छ,” प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘यस दुःखद घडीमा म कोरोना भाइरसबाट आफ्नो अमूल्य जीवन गुमाउने सबैप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छु। र, संक्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु।’

यदि आफ्नो सर्तकता, आफ्नो तयारी र रोकथाममा सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रूप लिन सक्ने कुरामा प्रधानमन्त्री ओलीले सजग गराएका छन्।

सिद्धार्थ गौतम बुद्धले जन्म लिएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनको स्मरण गर्दै प्रधानमन्त्रीले विश्‍व शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्धको सम्मान-स्मृति र उनका शान्ति सन्देशहरूको कदरस्वरूप आजको दिनलाई संयुक्त राष्ट्रसंघले वैशाख दिवसका रूपमा मनाउने गरेको उल्लेख गरेका छन्।

र, यस वर्ष कोभिड-१९ को महामारीका कारण विश्‍वभर वैशाख दिवस मनाउन नपाइएको उल्लेख गरेका छन्।

हेर्नुहोस् भिडिओ

प्रतिक्रिया दिनुहोस्