‘उपयुक्त माहोल’बिना कोभिड-१९ को अन्तर्राष्‍ट्रिय अनुसन्धानलाई सहयोग गर्दैनौं : चिनियाँ राजदूत <p>जेनेभा। संयुक्त राष्&zwj;ट्रसंघका लागि चिनियाँ राजदूत चेन सुले &lsquo;उपयुक्त माहोल&rsquo;बिना चीनले कोभिड-१९ को अन्तर्राष्&zwj;ट्रिय अनुसन्धानलाई सहयोग नगर्ने स्पष्&zwj;ट गरेका छन्।&nbsp;</p> <p>त्यस्तो वातावरण तयार नभएसम्म चीनले अन्तर्राष्&zwj;ट्रिय विज्ञहरूलाई प्रवेश नदिने पनि उनले स्पष्&zwj;ट पारे। &ldquo;कोभिड-१९ को उत्पत्तिबारे अनुसन्धान त्यतिबेला मात्र सम्भव हुन सक्छ, जतिबेला कोरोना भाइरसलाई परास्त गर्न सकिने छ,&rdquo; उनले भने, &ldquo;उत्पत्तिबारेको अनुसन्धान चीनको प्राथमिकतामा छैन।&rdquo;</p> <p>महामारीविरुद्ध लड्नु र त्यसलाई पराजित गर्नु नै चीनको अहिलेको मुख्य प्राथमिकता रहेको उनले बताए।</p> <p>यसअघि विश्&zwj;व स्वास्थ्य संगठनले अनुसन्धानका लागि बेइजिङको सहभागिताको प्रतिक्षा गरिरहेको बताएको थियो। &ldquo;हामी अहिले गर्नुपर्ने कामलाई मात्र प्राथमिकता दिन्छौं,&rdquo; राजदूत चेनले प्रष्&zwj;ट्याए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्