इरानमा फेरि फर्कियो कोरोना कहर
तेहरान। केही दिनयता इरानमा कोभिड-१९ को महामारी नियन्त्रणमा आएकोजस्तो देखिएको थियो। तर, हिजो २४ घण्टामा अचानक एक हजार ६ सय ८० नयाँ बिरामी देखिएका छन्।

११ अप्रिलयता एकैदिनमा त्यति धेरै नयाँ बिरामी फेला परेको यो पहिलोपटक हो। यससँगै इरानमा कोरोना भाइरस संक्रमणका बिरामी एक लाख नाघेका छन्।

मध्यपूर्वका देशमध्ये कोभिड-१९ को सबैभन्दा ठूलो चपेटामा इरान छ। र, त्यहाँ कोभिड-१९ को दोस्रो तरंग शुरु भएको कतिपयको विश्लेषण छ।

“पछिल्ला ३-४ दिनमा कोरोना भाइरस संक्रमणको केस एकाएक बढेको छ,” इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने, “यो मानिसहरू अनावश्यक यात्रामा निस्किनुको परिणाम हुन सक्छ।”

बीबीसीका अनुसार इरानले ११ अप्रिलदेखि लकडाउन खुकुलो बनाएको थियो। र, कम जोखिमवाला इलाकामा मस्जिदहरू पनि खोलेको थियो। पछिल्लो २४ घण्टामा इरानमा कोभिड-१९ का कारण ७८ जनाको मृत्यु भएको छ। त्यससँगै मृतक संख्या ६ हजार चार सय १८ पुगेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्